» » बेचिन लगिदै गर्दा युवतीको उद्धार


सिरहा कात्तिक १२ गते । चेलीबबेटी बेचबिखनको आरोपमा सिरहा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

दुई युवतीलाई प्रलोभनमा पारी बेचबिखनका लागि भारततर्फ लगिरहेको अवस्थामा सीमा क्षेत्रमा खटिएको प्रहरीटोली तथा साना हात संस्थाका पदाधिकारीले युवतीलाई उद्धार गरी संलग्न तीन जनालाई हिजो साँझ पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–८ निवासी ३५ वर्षीया लक्ष्मी भन्ने दुर्गा विक, सिन्धुलीको दूधौली नगरपालिका– ११ निवासी २९ वर्षीया प्रमिला विक र सिरहाको धनगढीमाई नगरपालिका– २ निवासी ५६ वर्षीय उद्ववबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

सिरहा र उदयपुरका दुईजना युवतीलाई बेचबिखनका लागि भारतर्फ लगिरहेको सूचनाको आधारमा साना हात संस्थाका पदाधिकारीको सहयोगमा प्रहरी टोलीले दुबै युवतीको उद्धार गरी दुर्गा र प्रमिलालाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक कोइरालाले बताउनुभयो ।

यसैगरी लागु औषध मुद्दामा अदालतबाट कैद सजाय पाएर १६ वर्षदेखि फरार रहेका श्रीचन पासमानलाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध मुद्दामा जिल्ला अदालत सिरहाबाट २०५६ साल पुस ११ गते १० महिना २८ दिन कैद र रु दश हजार जरिवानाको सजाय पाएर फरार सिरहाको भगवानपुर गाविस– ४ निवासी ४५ वर्षीय पासमानलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..