» » सुमिरण मैयाके म्युजिक भिडियो सार्वजनिक हुँदै


राजविराज, असोज २१ गते । जननी फिल्म्स प्रा.लि.को पहिलो प्रस्तुति ‘सुमिरन मैयाकें’ मैथिली भक्ति म्युजिक भिडिओ आज सार्वजनिक हुँदैछ ।

सातवटा गीत रहेको सो म्युजिक भिडिओ जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा दिउँसो एक समारोहका बीच लोकार्पण हुने पत्रकार श्यामसुन्दर यादवले जानकारी गराउनुभयो ।

वरिष्ठ मैथिली अभियन्ता, साहित्यकार, फिल्मकर्मी एवम् कान्तिपुर एफएमबाट प्रसारित रेडियो कार्यक्रम ‘हेलो मिथिला’ का सञ्चालक धीरेन्द्र प्रेमर्षिको प्रमुख आतिथ्यमा सो भिडिओको लोकार्पण हुने जननी फिल्मस् प्रा.लि.की नायिका डोली सरकारले बताउनुभयो ।

भिडिओ क्यासेटमा कनक भूधर शिखर वासिनी, हे अम्बे जगदम्बे दुर्गा भवानी, राजदेवी माँ के, प्रेमसे सबकोइ बाजु यौ माँ के जयकारा, छिन्नमस्ता माँ भवानीके दर्शन करै छी, माँ कंकालिनी हे महाकाली र फूल लोढए ल’ मैया कनि देर भ’ गेलै...गरी साटवटा गीत समावेश गरिएको छ ।

एल्बममा मैथिली भाषाका महाकवि विद्यापति रचित कनक भूधर शिखर वासिनी गीत विशेष आकर्षणको रुपमा रहेको छ । यस्तै अन्य गीतकारहरुमा सागरवीर कडारी, श्रीराम मण्डल, श्यामसुन्दर यादव र सन्तोष मण्डल रहनु भएको छ ।

म्युजिक भिडियोमा समावेश गरिएका गीतहरुमा मैथिली, भोजपुरी फिल्म तथा नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी चर्चित अभिनेत्री डोली सरकारको विषेश प्रस्तुति रहेको छ । सातवटै गीतमा फरक–फरक नृत्य एवम् अभिनय गर्नुभएको उहाँले यस म्युजिक भिडिओमा नृत्य संयोजन एवम् निर्देशन समेत गर्नुभएको छ ।

मिथिला क्षेत्रका चर्चित मोडेल घनश्याम मिश्रा मुख्य मोडेलको रुपमा रहेको जनाईएको छ । खारिएका फिल्मकर्मी मिश्राले समेत यस म्युजिक भिडिओमा आफूलाई फरक रुपमा प्रस्तुत गर्नुभएको छ । अन्य कलाकारहरुमा रङ्गकर्मी जिबछ दास, पल्लवी मिश्रा, चम्पा विक, गौतम, प्रियांशु लगायतका रहनुभएको छ ।

चर्चित युवा निर्देशक एवम् श्रव्य–दृष्य सम्पादक सुर्यनारायण साह ‘बैजु’ ले निर्देशन एवम् सम्पादन गर्नुभएको छ । भक्ति म्युजिक भिडिओमा मुख्य सङ्गीतकार रुपमा शैलेन्द्र विश्वकर्मा (शैलेन्द्र विक) रहनु भएको छ भने दुईवटा गीतमा कमल मण्डलको सङ्गीत रहेको छ ।

निर्मातामा पत्रकार, साहित्यकार एवम् कला संस्कृतिकर्मी श्यामसुन्दर यादव र कवि एवम् गीतकार समेत रहेका श्रीराम मण्डल रहनु भएको छ ।

चर्चित गायिका अञ्जु यादवले सात ओटै गीतमा समुधुर स्वर दिनुभएको छ । अन्य गायकहरुमा सोनु खङ्ग र केशव कर्णको कर्णप्रिय स्वर रहेको जननी फिल्म्स प्रा.लि.ले जनाएको छ । भिडिओ सम्पादन तथा छायाङ्कनमा छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप साहले विशेष सहयोग गर्नुभएको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..