» » दशैंको अवसरमा विश्वकर्माको “दुर्गा भजन” को विमोचन



सीताराम चौधरी

कपिलवस्तु, १६ असोज । कपिलवस्तुको चन्द्रौटा निवासी धर्मराज विश्वकर्माद्वारा रचित दुईवटा दुर्गा भजन एक कार्यक्रमका बीच विमोचन गरिएको छ । हिन्दूहरुको महान पर्व बडादशैंको घटस्थापनाको अवसर पारेर भजनको बिमोचन गरिएको हो ।

कार्यक्रमका बीच समाजसेवी रविदत्त मिश्रले भजनको विमोचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका मिश्रले आफूमा लुकेर रहेका प्रतिभालाई यसरी उजागर गरेकोमा विश्वकर्माको कार्यसफलताको शुभकामना दिनुभयो ।

समाजमा शान्ति सदभाव र अमनचयन ल्याउने महत्वपूर्ण माध्यम नै गीत संगीत भएकाले यसले समाजमा सकारात्मक प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भजन युवा लक्षित रहेकाले यसले युवापिँढीको रोजाईमा पर्ने गायक श्रीनिवास चौधरीको विश्वास छ । ‘चाहे लाख परे पानी पाथर’ र ‘रात जागेला सारी रात जागेला’ बोलको दुर्गा भजन बडादशैंलाई लक्षित गरी रचना गरिएको रचनाकार धर्मराज विश्वकर्माले बताउनुभयो ।

अहिले अडियोको रुपमा भजनलाई नेपाली बजारमा ल्याइएको विश्वकर्माले बताउनुभयो ।

भजन विमोचन कार्यक्रममा समाजसेवी रामचरित्र मौर्य, सुवाषचन्द्र जयसवाल, मेवालाल गुप्ता, चलचित्रकर्मी सुरसेन चौधरी, निर्देशक शिव गैरे, मोडेल एवं निर्देशक सुमन पौडेल लगायतले भजनका रचनाकार विश्वकर्माले समाजमा राम्रो काम गरेको भन्दै उनको भजनले सबैको मन जित्न सकोस् भनी शुभकामना दिएका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..