» » तमलोपाका उपाध्यक्ष सहितका कार्यकर्ता फोरम नेपालमा प्रवेश


रुपन्देही कात्तिक ६ गते । तराई मधेश लोकतान्त्रिक पार्टी रुपन्देहीका क्षेत्रीय उपाध्यक्ष नागेन्द्र तिवारीको नेतृत्वमा एउटा सक्रिय समूह संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा आज आयोजित नगर इकाई कमिटि घोषणा समारोहमा तिवारी नेतृत्वमा डेढ दर्जन सक्रिय नेता कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरेका छन् । तिवारी तमलोपाको क्षेत्रीय उपाध्यक्ष सहित खुदा बागर उच्च माविका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

पार्टी प्रवेशसँगै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १४ मा नागेन्द्र तिवारीको अध्यक्षमा १४ सदस्यीय फोरम नेपाल नगर इकाई कमिटि घोषणा गरिएको छ । त्यस्तै, मोहम्मद याहिया खाँको अध्यक्षता वडा नं. १३ मा १६ सदस्यीय नगर इकाई कमिटि घोषणा भएको छ ।

पार्टी संगठन निर्माण र बिस्तार अभियान अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गत वडा नं. १३ र १४ मा फोरम नेपालको नगर इकाई कमिटि गठन गरिएको हो ।

फोरम नेपालका केन्द्रीय परिषद् फकरुद्दीन खाँ प्रमुख अतिथि र फोरम नेपाल रुपन्देहीका जिल्ला सचिव रामअवतार यादवको आतिथ्यमा कार्यक्रम सम्पन्न भयो ।
रुपन्देहीको निर्वाचन क्षेत्र नं. ७ मा कमिटि घोषणा कार्यक्रममा सयौं स्थानीय कार्यकर्ताको उपस्थिति रहेको थियो ।

स्थानीय नेता गणेश यादवको अध्यक्षतामा कमिटि घोषणासँगै लुम्बिनी सांस्कृतिक नगरपालिकाको १३ र १४ नं. वडामा फोरम नेपालको पकड प्रभावकारी ढंगले बलियो बनेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..