» » ह्रदयश त्रिपाठीलाई आफ्नै जिल्लामा समस्या


नवलपरासी २७ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठी आफ्नै जिल्लामा अल्पमतमा परेका छन् ।

उहाँका पार्टीका जिल्ला अध्यक्ष जगदीश चौधरीले पार्टीबाट राजिनामा दिएपछि उहाँलाई जिल्लामा समस्या भएको छ । हुन त उहाँले आफूले व्यस्ताताको कारणले राजिनमा दिएको बताइएपनि आन्तरिक कारण्मा महाधिवेशनपछि पार्टीमा देखिएको असमावेशी मनोनयप्रति असहमित जनाउँदै उहाँले राजिनमा दिनुभएको हो ।

त्रिपाठी जिल्लाकै गोविन्द चौधरी जो पार्टीमा पहिला महासचिव हुनुहुन्थ्यो अहिले केन्द्रीय सदस्यमा राखेपछि असन्तुष्ट हुनुहुन्छ । उहाँको कारणले पनि त्रिपाठीलाई चुनाव जित्न समस्या हुने स्रोतहरुले जनाएको छ ।

जगदीश चौधरी र गोविन्द चौधरीको थारु समुदायमा राम्रो पकड रहेको छ । उहाँहरुले यदि चाहनु भएन भने त्रिपाठीलाई चुनाव जित्न समस्या हुने विश्लेषणहरु भइरहेका छन् । त्रिपाठी गत सविधानसभाको चुनावमा हार्नुभएको छ । जानकारहरु भन्छन्, त्रिपाठीलाई हराउनमा गोविन्द चौधरीको मुख्य भूमिका रहेको छ । यसपाली त झन असन्तुष्ट भएर बसेका हुनाले त्रिपाठीलाई महँगो हुने भएको छ ।

त्रिपाठी यत्रो वरिष्ठ नेता भएपनि उहाँले जिल्लासँग मतलब राख्नु हुन्न्, उहाँका पार्टीका एक जिल्ला कार्यकर्ताले भन्नुभयो, एक त उहाँ बढी समय केन्द्रमै बिताउनुहुन्छ, एक दुई दिनका लागि आएपनि आफ्नो क्षेत्रमै सिमित रहने गर्नुहुन्छ । आफ्ना क्षेत्रबाहेक कतै जानु हुन्न त्यसकारणले पनि जिल्लाका नेता तथा कार्यकर्ता असन्तुष्ट रहेका छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..