» » रामनरेश राय यादवले भन्नुभयो, अब मधेशी मोर्चा कुरेर बस्दैन


काठमाडौ असोज २६ गते । तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले मधेशवादी दल अब धेरै प्रतिक्षा नगर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पटक पटक कुरा हुँदा उहाँले यही दुई चार दिनमा हुन्छ, भ्रमण जानु अघि हुन्छ, दशैं अघि नै सविधान संशोधनको प्रस्ताव जान्छ, तिहार कट्दैन प्रस्ताव दर्ता हुन्छ जस्ता झुठो आश्वासन दिएर मधेशी जनतालाई भ्रममा राखेको आरोप लगाउँदै उहाँले अब मोर्चाले बसेर कुनै ठोस निर्णय लिने बेला आइसकेको बताउनुभयो ।

हिजो आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै नेता यादवले अब त भोलीबाट देशैं पनि सकिन्छ, एक महिनाभित्र तिहार र छठ पनि सम्पन्न हुन्छ, त्यसपछि नयाँ ढंगबाट सोच्ने बताउनु भयो । उहाँले भन्नुभयो, मधेशी मोर्चाले अझै पनि आशा मारेको छैन, प्रधानमन्त्री प्रचण्डजीमाथि हामीलाई अझै विश्वास छ, उहाँले गर्नुहुन्छ तर उहाँले बोल्ने बोलिको ठेगान नभएको करणले हामीलाई उहाँमाथि शंका लागेको छ ।

सविधान संशोधन नगरिकन समस्या समाधान नहुने कुरा निश्चित छ, यो कुरा सबैलाई थाह छ त्यसैले सविधान संशोधनको विकल्प छैन, भन्नुहुँदै उहाँले दशैंको विदा सकिए लगतै प्रचण्डले सविधान संशोधनको गृहकार्यमा लाग्नुहुन्छ भनि आफूलाई विश्वास लागेको बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..