» » मोहर्रम पर्व मनाइयो

विराटनगर, असोज २६ गते । हसन–हुसैन दाजुभाइको हत्याको सम्झनामा आज मुस्लिम धर्मावलम्बीले विराटनगरमा उल्लासमय वातावरणमा मोर्हरम पर्व मनाएका छन् ।

सो अवसरमा मुस्लिम समुदायले विराटनगरमा ताजियासहितको ¥याली निकालेका छन् । धार्मिक मान्यताअनुसार सो ¥यालीका सहभागीहरूले लाठी र तरबार बोकेर सहभागी भएका थिए ।

यस पर्वको अवसरमा ताजियासहित घरेलु हतियार प्रदर्शन गर्ने चलन छ । ¥यालीका सहभागीहरूले स्थानीय विभिन्न चोकहरूमा एक अर्कालाई तरबार, खुकुरी र कट्टी प्रदर्शन गर्दै यो पर्व मनाएका हुन् ।

नगरक्षेत्रका विभिन्न भागबाट निकालिएको ताजिया र हतियारसहितको ¥यालीका सहभागीले पुरानो हवाइफिल्ड पुगेर एक अर्कासँग मेलमिलाप गरेका थिए ।

यसैबीच रानीका मुस्लिम समुदायले समेत मोहर्रम पर्वको अवसरमा ¥याली निकालेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..