» » फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य सद्भावना पार्टीमा प्रवेश


महोत्तरी, कात्तिक ७ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष दिपुकुमार साह लगायतका सयभन्दा बढी सदस्यहरु सदभावना पार्टीमा प्रवेश गर्नुभएको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजित एक कार्यक्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सदस्यता कार्ड तथा फुलमाला र अबिर लगाई उहाँलाई स्वागत गर्नुभएको थियो ।

मधेश आन्दोलनको क्रममा फोरम लोकतान्त्रिक पार्टीले मधेशको लागि कुनै महत्वपूर्ण कार्य नगर्नुको साथै मधेशको माँगलाई सम्बोधनको लागि पहल समेत नगरेको आरोप लगाउनुहुदै पार्टी परित्याग गरेको कार्यक्रममा उहाँले जानकारी दिनुभयो ।

उहाँले मधेश मुद्दाको विषयमा पुरानो पार्टी तथा मधेशका मुद्दा सम्बोधनको लागि लडने एकमात्र पार्टी सदभावना पार्टी र यसका अध्यक्ष महतो रहेकोले आफुले सदभावनामा प्रवेश गरेको वताउनुभयो ।

सदभावना पार्टीले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेटधाट तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष महतोले अझै पनि मधेशको माँग सम्बोधन नभएको वताउनुहुदै कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गर्नुभयो ।

जिल्ला अध्यक्ष रामबाबु साहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व संचार राज्यमन्त्री सुरिता साहसहितका उपस्थिती रहेको थियो ।


About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..