» » मोटरसाइकल चालकको मृत्यु

मोरङ, कात्तिक १३ गते । मोरङको पथरीशनिश्चरे–१ स्थित भित्री सडकखण्डमा आज अपराह्न मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

अपराह्न २ः४५ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को ५ प ३८४१ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सङ्खुवासभा खाँदबारी बस्ने २९ वर्षीय खगेन्द्र भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीको उपचारका लागि पथरी अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..