» » बैलुन फोडो नाता जोडो


दिलिप कुमार यादव
कपिलवस्तु कार्तिक १२ गते । कपिलवस्तुमा अहिलेसम्म विभिन्न प्रतिबद्धाता जनाए जस्तै आज चार्पी बनाउने तथा चार्पीको प्रयोग गर्ने प्रतिबद्धाता जनाउने काम भयो । कपिलवस्तु नगरपलिकाको हलमा किशोरकिशोरी एनिमिटर संजाल (सान) कपिलवस्तुले अयोजना गरेको बैलुन फोडो नाता जोडो कार्यक्रममा फरक किसिमको प्रतिवद्धाता हेर्न पाईएको छ ।

कार्यक्रममा उपास्थित बालबालिका, अभिभावक, समाजसेवी, कार्मचारी, संघसंस्थाका प्रतिनिधिहरुले सो प्रतिवद्धाता गरेका छन । समाजमा रहेको कुरिती, कुसंस्कार आदि बैलुनमा भरेको हावा मानेर त्यस्ता कुरीतीको अन्त्य गर्ने र चार्पी बनाउने तथा प्रयोग गर्ने प्रतिबद्धाता गरेको छन । नेपाल राष्ट्रिय दलित समाज कल्यण संघ कपिलवस्तुका संजय मिश्राका अनुसार सानले सरसफाई सम्बन्धि विभिन्न किसिमको कार्यक्रम गरिरहेको जानकारी गराउदै, चायपे चार्चा ः चार्पी पे चार्चा जास्ता क्रियाकलाप पनि गरेको छ ।

सोहि अनुसार क्रियाकलाप गरेर प्रतिबद्धाता जनाउने कार्यको लागी यास्ता कार्यक्रमको अयोजना गरिएको छ । कार्यक्रममा कपिलवस्तु नगरपलिकाका विभिन्न वाडाहरुबाट आएका बालबालिका , अभिभावक खास गरि सरसफाई (चार्पी) को अवस्थाको बारेमा जानकारी गराएका थिए ।

त्यास्तै गरिब, दलित समुदायका जो चार्पी बानाउना सकिरहेको छैन, उहाँहरुले नगारपलिकासँग सहयोगको अपेक्षा गरेको बताइएको छ ।

त्यास्तै कपिलवस्तु नगरपलिकाले चार्पी बनाउनेलाई पुरस्कार दिने घोषणा गरेपनि पुरस्कार नपाएका गुनासो पनि सुनिएको छ । कपिलवस्तु नगरपलिकाका सामाजिक विकास अधिकृत पदम श्रेष्ठले चर्पी बनाउनेलाई पुरस्कार दिने पुनः प्रतिवद्धता जनाउनु भएको  छ । र अति गरिब तथा दलितहरुलाई नगरपलिकाले चर्पी बनाउन सहयोग गरिरहेको जनाएको छ ।

किशोर किशोरी एनिमिटर संजाल (सान) कपिलवस्तुका उपाध्यक्ष युवराज तेलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्यण संघका केन्द्रिय सदस्य रामदेव पासी प्रमुख अतिथि हुनुहुन्थ्यो भने कपिलवस्तु नगरपलिकाका सामाजिक विकास अधिकृत पदम श्रेष्ठ विशिष्ट अतिथि, जिल्ला युवा संञ्जाल कपिलवस्तुका अध्यक्ष दिलिप कुमार यादव, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष किरणमान बज्रचार्य लगायतको पनि उपस्थिति थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..