काठमाडौ असोज २० गते । लोकदलका अध्यक्ष कौशलकुमार सिहले दक्षिण एशिया, सार्क लगायत विश्वमा देखिएका विभिन्न किसिमका आतंककारी हमलाबाट पिछडा र गरिब जनता प्रभावित हुने भएकोले आफ्नो पार्टीले ती सबै किसिमको आतंकवादको विरोध र भत्र्सना गरेको बताउनु भएको छ ।
अहिले भारतलगायत विश्वमा भईरहेको आतंकवाद विरुद्धको प्रयास मानव कल्याण, रक्षा र विश्व शान्तिको लागि रहेकोले यसमा सम्पूर्ण विश्व एकजुट भएर आतंकवादलाई परास्त गर्नु पर्ने आजको आवश्यकता रहेको बताउँदै अध्यक्ष सिहले सार्कको सबल विकास तथा सार्क क्षेत्रमा शान्ति, एकता र समृद्धिको लागि सार्कमा सामेल देशहरुले ठोस निर्णय गरेर अगाडी बढ्नु पर्ने बेला भएको बताउनु भएको छ ।
No comments: