» » मुसहर बस्तीमा खानेपानीको समस्या समाधान हुने

महोत्तरी, असोज १९ गते । बर्दिबास नगरपालिका–२ मा रहेको मुसहर बस्तीका करिब ६० घरधुरीका ३५० भन्दाबढी मुसहरको पुस्तौँदेखिको खानेपानीको अभाव समाधान हुने भएको छ । 

मुसहरबस्तीमा खानेपानी पु¥याउन रातु खोलाको सुनार दहमा रु चार करोड ३८ लाखको लागतमा नयाँ खानेपानी योजना निर्माण भइरहेको छ ।

“एक महिनामा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न हुन्छ”–जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले भन्नुभयो । 

बर्दिबास साना सहरी खानेपानी उपभोक्ता समिति बर्दिबासका अध्यक्ष चुडामणि पोखरेल बर्षौँदेखि खानेपानीको पहुँचबाट वञ्चित रहेको मुसहरको घर आँगनमा शुद्ध खानेपानी पु¥याउन लागि पर्नुभएको छ । 

खानेपानी समस्या रहेका २८ ठाउँमा एसियाली विकास बैंक ९एडिबी०को लगानीमा आयोजनाको निर्माण भइरहेको छ । निर्माणको जिम्मा आशिष निर्माण सेवा प्रालि भरतपुरले पाएको छ । 

रातो पुलभन्दा दुई किलोमिटर उत्तरतर्फ निर्माणाधीन खानेपानी आयोजना सम्पन्न गराउन सांसद गिरिराजमणि पोखरेलले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको रु २२ लाख पनि प्रदान गर्नुभएको छ । 

एडिबीको ७० प्रतिशत अनुदान, २५ प्रतिशत ऋण ९पाँच प्रतिशत ब्याज० र योजना सम्पन्न गराउन उपभोक्ताले पाँच प्रतिशत रकम जम्मा गरेपछि आयोजनाले गति लिएको हो । तीन लाख ६० हजार लिटर क्षमता रहेको खानेपानी आयोजनाले प्रतिसेकेन्ड १७ लिटर प्रशोधित पानी उत्पादन गर्नेछ ।

योजना सम्पन्न भएपछि मुसहर बस्तीमा दुई वर्ष अघि बनाइएका १० वटै धारामा खानेपानी जडान हुनेछ भने अन्य दुई हजार धारामा पानी पुग्ने छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..