» » दिल्लीमा जितेन्द्र सोनलले भन्नुभयो, मधेशीहरुमा फुट ल्याउने रणनीतिमा वर्तमान सरकार रहेको छ


नयाँ दिल्ली, कात्तिक २ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले सरकारले संविधानलाई संसोधन गर्न आनिकानी गरेको आरोप लगाउनु भएको छ ।

संविधानमा रहेका त्रुटिहरुलाई नाजिकबाट नियालि रहनु भएका महासचिव सोनलले स्थानीय चुनावको चर्चा गरेर मधेसीहरु बीच फुट ल्याउने रणनीति सरकारले ल्याउन लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा यूनाईटेड मधेसीज ऑफ़ नेपाल संस्थाले मधेसमा तत्काल आंदोलनलाई सही दिशामा लैजान सबै मधेशी दलहरु संगठित हुनुपर्ने कुरामा जोड दिएका थिए ।

पार्टीहरुलाई संगठित गर्न आफ्नो पूर्ण प्रयास रहने महामन्त्री सोनलले प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले मधेश मुक्तिका लागि मधेसी युवाहरुलाई अगाडि आउन आग्रह पनि गर्नुभएको थियो ।

दिल्ली भ्रमणमा आउनु भएका सोनलले यहाँ मधेसी, थारू तथा जनजातिद्वारा संगठीत सक्रिय संस्था यूनाईटेड मधेसीज ऑफ़ नेपालसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए।

कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका महामंत्री जीतेन्द्र सोनललाई मुख्य अतिथिका रुपमा आमंत्रित गरेको थियो ।


संस्थाका संस्थापक अध्यक्ष संजय यादवले कार्यक्रमको अध्यक्षता गर्नुका साथै जीतेन्द्र सोनललाई पुनः तमलोपका महामंत्री हुनुभएकोमा फूलमालका साथ बधाई ज्ञापन गरिएको थियो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..