» » मधेशवादी दलमा समावेशीको आवश्यकता

सुरेशकुमार मण्डल
केन्द्रीय सदस्य, तमलोपा

वामपन्थी विद्यार्थी राजनीतिकबाट यात्रा थाल्नु भएका सुरेशकुमार मण्डल यतिखेर तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । नौ वर्षपछि भएको तमलोपाको महाधिवेशनमा उहाँले सहमहासचिवको उम्मेदवारी दिनुभएको थियो तर सबै पद बाँडफाँड गर्ने जिम्मेवारी पाउनु भएका सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले मण्डललाई केन्द्रीय सदस्यमा राख्नुभयो । मधेश आन्दोलन तथा हरेक समाजिक गतिविधिमा सक्रिय मण्डल लामो समयसम्म विद्यार्थी राजनीतिकमा रहनुभयो । मुलधारको राजनीतिमा आउनु भएका युवा नेता मण्डलसँग सहारा टाइम्सका लागि सोधेका थियौं

विद्यार्थी राजनीतिक छाडेर मूलधारको राजनीतिकमा आउनु भयो, विद्यार्थी राजनीतिक र पार्टीको मुलधारको राजनीतिकमा के अन्तर छ ?
–खासै अन्तर छैन, काम त्यही हो अलि विषय फरक मात्र छ । बरु भन्ने हो भने पार्टीको मूलधारको पोल्टिक्स भन्दा विद्यार्थी पोल्टिक्समा अलि बढी नै खट्नुपर्छ । पार्टीको गतिविधि भन्दा पनि विद्यार्थीको गतिविधि अलि बढी नै हुन्छ । विद्यार्थीले गर्ने गतिविधिमा पार्टीका मूलधारका नेताहरु सामेल हुँदैन तर पार्टीका हरेक राजनीतिक गतिविधिमा विद्यार्थी नेताहरु सहभागि भएका हुन्छन् । तपाईले हेर्नुसक्नु हुन्छ, अहिलेका जतिपनि ठूला नेताहरु छन् अधिकाँश विद्यार्थी राजनीतिकबाट आउनु भएको छ ।

तपाई त विद्यार्थी राजनीतिकमा लामो समयसम्म रहनु भयो चाइलेन्जहरु के के थियो ?
–अहिले पनि विद्यार्थी राजनीतिकबाट टाढा छैन । औपचारिक पद मात्रै छाडेको छु तर विद्यार्थी राजनीतिक गतिविधिमा सहभागि भइहरन्छु । विकासको मुल ढोका नै शिक्षा हो यसलाई विधिसम्मत सञ्चालन गर्न सकिएन, कुनै कुरा अगाडि बढ्न सक्दैन । यो क्षेत्रमा हरेकखालका व्यक्तिहरु भएका कारणले अलि चुनौतिहरु बढी नै हुन्छ । अर्को कुरा त्यो शिक्षालयसँग सम्बन्धित भएका हुनाले त्यहाँ हरेक प्रकारका विद्धान हुन्छ । हरेक कुरालाई विश्लेषण गरिरहेका हुन्छन् । अनुसन्धान गरिरहेका हुन्छन् त्यहाँ त्यही किसिमले फेस गर्नुपर्ने हुन्छ तर मुलधारको राजनीतिकमा त्यस्तो हुँदैन । त्यही शिक्षालयबाट समाज निर्माण भएको हुन्छ त्यहाँ विद्यार्थी जतिको चाइलेन्ज फेस गरिरहनु पर्दैन । विद्यार्थी नेताहरुले आफ्नो आन्दोलन वा राजनीतिक गतिविधिलाई तलमाथि गर्दियो भने कतियौंको जीवन बर्बाद हुन्छ ।

तपाईले फेस गरेका चाइलेन्जहरु भन्नै खालको कुनै छ ?
–त्यस्तो खासै छैन । कहिले काही केन्द्र लेभलमा हुने विद्यार्थी आन्दोलनमा केन्द्रीय राजनीतिकभन्दा बढी चाइलेन्जहरु फेस गर्नुपरेको हुन्छ ।

अब त तपाई तमलोपाको केन्द्रीय सदस्य हुनुहुन्छ, कसरी अगाडि बढी रहेको पोल्टिक्स ?
–मैले अगाडि नै भनिसके कि विद्यार्थी राजनीतिक गरेर आएका व्यक्तिलाई मूलधारको राजनीतिकमा समस्या हुँदैन । तमलोपामा सक्रिय राजनीतिकमा लागेको छु । पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीतका साथ पुरा गरिरहेको छु । पोल्टिक्स इन्जोएफुल छ । आन्दोलनहरु भइरहेका छन् त्यसले गर्दा पनि राजनीतिकमा सक्रिय भएको देखिन्छ ।

महाधिवेशनपछि तपाई कता कता असन्तुष्ट जस्तो देखिनुहुन्छ, किन सहमहासचिव नपाएर हो ?
–होइन, सहमहासचिव नपाएर होइन । मैले एकजना सहमहासचिव नपाएर के हुन्छ, र पाएरै के हुन्छ । मैले सहमहासचिव नपाएर होइन, मैले सिस्टमको विरोध गरेको हुँ । मैले सिस्टमका लागि असन्तुष्टि जनाएको हुँ । यदि मेरो लागि सहमहासचिवकै मात्र कुरा भएको भए, कुनै नकुनै तरिकाबाट लिनसक्थे । कुरा मैले पाउने सहमहासचिवको मात्र होइन । मैले पार्टीमा समावेशी समानुपातिकको कुरा उठाएका थिए र हालसम्म उठाई रहेको छु । समावेशी समानुपातिक लागु भयो भने कोही पनि असन्तुष्टि हुनु पर्दैन । मलाई एकजनालाई सहमहामन्त्री दिएर समस्या समाधान हुँदैन ।

त्यसो भए तपाईको पार्टीका असमावेशी छ, होइन ?
–त्यो त कार्यसमितिलाई हेरे थाह भइहाल्छ । यसमा म धेरै टिप्पणी गर्न चाहन्न ।

पहिला त ठूला दलहरुमा युवाको आकर्षण देखिन्थ्यो अब त मधेशवादी दलहरुमा पनि युवाहरुको आकर्षण बढेको देखिन्छ, किन त्यस्तो ?
–हो, पछिल्लो समय विभिन्न समयमा भएको आन्दोलनका कारण युवाहरुको राजनीतिकप्रति आकर्षण बढेको छ । कतिपय युवाले त राजनीतिकलाई नै आफ्नो क्यारियर बनाउनेतिर लागेका छन्, त्यो पूर्ण होइन । अझै युवाहरुको सहभागिता चाहिन्छ । अहिलेका कुनै पनि दलको नेतृत्व युवाको हातमा छैन । जबसम्म निर्णायक तहमा युवाको पहुँच हुँदैन तबसम्म युवाको सहभागिता पूर्ण मान्न सकिदैन । सहभागित हुनुपर्छ, त्यो पनि समानुपातिक ढंगबाट । राज्यको हरेक निकायमा समावेशी समानुपातिकको माग गर्ने तर आफ्नो पार्टीमा समानुपातिक समावेशी लागु नगर्ने त्यस्तो हुँदैन । शुरुवात आफैबाट गर्नुपर्छ । तर दलहरुमा युवाको उपस्थिति सन्तोषजनक भएपनि समावेशी उपस्थिति छैन ।

मधेशवादी दलमा युवाको उपस्थिति कस्तो पाउनु भएको छ ?
–अघि नै भनेकि दलप्रति युवाको आकर्षण बढेको छ । तर त्यसले पुग्दैन । दलहरुमा युवाको उपस्थिति विस्तारै हुन थालेको छ । हाम्रो पार्टीमा हेर्नुहुन्छ, युवाकै अध्यक्ष कृष्णा सिह सहप्रवक्ता हुनुभएको छ । राकेश मिश्र सहमहामन्त्रीमा हुनुहुन्छ । वृजेश गुप्तादेखि जितेन्द्र सोनलसम्म युवामै गिन्ती हुन्छ । अरु अरु पार्टीमा पनि त्यस्तै छ । सन्तोष गर्ने ठाउँ छ तर यसले पुग्दैन । युवाको योगदानको कदर गर्दै समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागि गराउनुपर्छ ।

भनिन्छ, प्रायः युवाहरु कुनै नकुनै नेताका पिछलग्गु हुन्छ, यो कुरा तपाई कतिको मान्नुहुन्छ ?
–प्रायः युवा होइन, केही मात्र हो । राजनीतिकमा धेरै यस्ता युवाहरु छन् जो स्वभिमानका लागि राजनीतिक गरिरहेका छन् । तपाईले भने जस्तै कतिपय युवा नेताहरुको पछुवा बनेका हुन्छ । उनकै अघिपछि घुमिरहेका हुन्छन् । उसले जे भन्छ त्यही हुन्छ, त्यसले गर्दा युवा युज भइरहेको कुरा थाहै हुँदैन ।

यसमा आर्थिक कुरा आउँछ कि आउँदैन ?
–कस्तो आर्थिक कुरा ?

युवाहरुको आर्थिक अवस्था कमजोर हुन्छ, त्यही भएर कुनै नकुनै नेताको पछि लागेका हुन्छ के यो सही हो ?
–यो अर्धसत्य हो । मैले पनि कतिपय युवालाई देखेको छु कि कुनै नेताको पछि लागेर आर्थिक लाभ लिरहेका हुन्छन्, नेताको आडमा अनियमितता गरेका हुन्छन् तर सबै युवा त्यस्तो होइन । कतिपयले नेतालाई भर्याङ्ग बनाएर राजनीतिकको उकालो चढिरहेका हुन्छन् ।

राजनीतिकमा आर्थिक रुपले बलियो हुनु कति आवश्यक छ ?
–धेरै आवश्यक छ । यदि कुनै नेता आर्थिक रुपले बलियो छैन भने उ भ्रष्ट हुन्छ । आफ्नो जिविका चलाउन भ्रष्टाचार गर्न थाल्छन् । त्यसैले आर्थिक रुपमा सक्षम रहनु आवश्यक छ ।

दैनिक जिविकाका लागि तपाई के गर्दै हुनुहुन्छ ?
–म अहिले कही गरेको छैन । तैपनि होलटाइमर कार्यकर्ता जस्तो पोल्टिक्समा छु । आजसम्म एक पैसाका लागि कुनै नेताको सामुने हात फैलाएको छैन । मलाई हालसम्म घरबाट पुगिरहेको छ । घरबाट पुग्नुको कारण म फाल्तु खर्चमा कहिल्यै गइनन् । सिम्पल खर्च गर्छु घरबाट पुगिरहेको छ । तर सधै घरको भरमा पनि रहनु हुँदैन केही नकेही गर्नुपर्छ भनि सोचिरहेको छु ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..