» » जंगली बादसाह, गुगली घाटमाँ, अलाहरुदल, गोपिचन्द्र लोकनाच सम्पन्न


सुनसरी, असोज २८ गते । सुनसरी सदरमुकाम इनरुवा सहितको विभिन्न मेलामा लोक नाच तथा पौराणिक नृत्य सम्पन्न भएको छ ।

यहाँ सप्तमीको दिनदेखि लागेको मेलाहरूमा सुरु भएको लोक नाच विहीबार राती सम्पन्न भएको हो ।

वृद्धवृद्धाले हेर्ने पौराणीक कथामा आधारित जंगली बादसाह, गुगली घाटमाँ, अदाहरुदल, गोपिचन्द्र लगायतका लोक तथा पौराणिक नाचहरु सम्पन्न भएको मेला समितिहरुले जनाएका छन् ।

जिल्ला सदरमुकाम इनरुवाको भगवती दुर्गा मन्दिर मेलामा जंगली बादशाह नामक लोक नाच सम्पन्न भएको मेला समितिका सचिव विपिन शाहले जनाकारी दिनुभयो ।
उता लौकही, मध्यहर्षाही , श्रीपुरजव्दी र हरिपुर लगायतका क्षेत्रमा समेत स्थानीय भाषामा नाच सम्पन्न भएको मेला समितिले जनाएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..