» » टाउकोमा सिह बनाएर मधेशीहरुले फेसबुकमा राखेको भन्दै ओलीद्धारा दुख मनाऊ

काठमाडौ कात्तिक ७ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जवर्जस्ती मधेश विरोधी बनाउने गरेको भनि गुनासो गर्नुभएको छ ।

हिजो १३ विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै मधेशी विद्यार्थीलाई संकेत गर्दै भन्नुभयो, म मधेशी विरोधी होइन, मधेशको हित चाहनेमध्येका म पनि एक हुँ तर मलाई जवर्जस्ती मधेश विरोधी देखाउन खोजेका छन् ।

मेरो फोटोमा सिंह बनाउने, कुकुर र बाँदरको अनुहार बनाएर फेसबुकमा राखेर मधेशमा विरोध भइरहेको छ, उहाँले मधेशी विद्यार्थीलाई भने मेरो टाउको कपाल पनि छैन तर प्रतिकात्मक रुपमा सिह बनाईन्छ, त कहिले के बनाई दिन्छ, यस्तो किन गर्छ मैले बुझ्न सकेको छैन ।

महाअभियोग प्रस्ताव पारित गराउन दवाव दिन १५ विद्यार्थी संगठनले अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..