» » लोकमानको विरुद्धको महाअभियोगः मधेशी मोर्चाका लागि हर्ष नविस्मात


काठमाडौं, कार्तिक ६ गते । तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले अख्तियार प्रमुख लोकमानविरुद्ध माओवादी केन्द्र र एमालेले मिलेर ल्याएको महाअभियोगको प्रसताव मोर्चाको लागि हर्ष न विष्मात भएको टिप्पणी गर्नुभएको छ ।  

किन यसरी हतारिएर महाअभियोग प्रस्ताव ल्याईएको भन्दै नेता यादवले ठूला पार्टीहरुले मधेशी मोर्चाको मुद्दालाई ओझेलमा पार्नको लागि लोकमान प्रकरण अघि सारिएको समेत आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘अहिलेको ज्वलन्त समस्या भनेको संविधान संशोधन हो, संविधान संशोधन गरेर तीनवटै निकायको चुनाव गराउँदै संविधान कार्यान्वयन गराउने ठूलो कुरा हो, तर यहाँ लोकमानको प्रकरण देखाएर मोर्चालाई झुक्याउने काम गरिएको छ ।’

नेता यादवले लोकमानको मुद्दा अदालतमा विचाराधिन भएकोले अहिले दलहरुले हतारमा यस्तो प्रस्ताव ल्याउनुले नेताहरुको नियतमा प्रश्न उठेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयोे, ‘रातारात यो प्रस्ताव ल्याईयो, यसले गम्भिर प्रश्न उब्जाएको छ ।’ यद्धपी उहाँले हिजो लोकमानलाई अख्तियार प्रमुख बनाउनेहरुले आज आएर हटाउने खेल गरेको समेत टिप्पणी गर्नुभयो ।

संविधान संशोधन नभए आफूहरुले तराईको कुनै पनि भूभागमा चुनाव गर्न नदिने उहाँले चेतावनी दिनुभयो ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलई संसदको दुई तिहाईबाट विदा गर्ने दावी गर्नुभयो ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै सांसद मोदीले नेपालमा लोकतन्त्र र कानूनी राज्यभन्दा माथि कोही नभएको भन्दै अख्तियार प्रमुख कार्कीले कानूनी राज्यको धज्जी उडाएकोले उहाँलाई संसदको दुई तिहाईबाट विदा गर्ने बताउनुभयो ।

उहाँले भोलिदेखि सुरु हुने व्यवस्थापिका संसदको बैठकमा यो विषयमा छलफल हुने समेत स्पष्ट पार्नुभयो ।

नेकपा एमालेका सांसद रामेश्वर फूयाँलले अख्यितार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने ठोकुवा गर्नुभयो ।


गणतन्त्र ल्याउन पूर्वराजा ज्ञानेन्द्रले बल पुर्याझैं लोकमानले पनि आफ्नोविरुद्ध महाअभियो प्रस्ताव ल्याउन आँफैले मलजल गरेको उहाँको आरोप थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..