» » कुशवाहा समाजकोे राष्ट्रिय एकता महाधिवेशन सुरु


महोत्तरी, असोज २८ गते । नेपाल कुशवाहा कल्याण समाजकोे छैटौँ राष्ट्रिय एकता महाधिवेशन एवम् रजत महोत्सव धनुषाको ढल्केबरमा सुरु भएको छ ।

समाजका वर्तमान अध्यक्ष कृपाराम मेहताको अध्यक्षता तथा सांसद शत्रुधन महतोको प्रमुख आतिथ्यमा महाधिवेशन तथा रजत जयन्ती महोत्सव सुरु भएको छ ।


आज र शनिबारसम्म चल्ने महाधिवेशनमा समाजका १३ जिल्लाका प्रतिनिधि एवम् कुशवंशी सहभागी भएको महाधिवेशन प्रचारप्रसार समितिले जनाएको छ ।
महाधिवेशनले ५१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने समाजका केन्द्रीय अध्यक्ष मेहताले जानकारी दिनुभयो ।

हाल २५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेकाले विधान संशोधन गरी ५१ सदस्यीय बनाउन लागिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..