» » पेट्रोलमा मट्टितेल मिसाउने पक्राउ


धनवीर महतो
महोत्तरी, कात्तिक ३ गते । महोत्तरीको गौशालाका एक आयल स्टोर्सको पेट्रोल टङ्कीमा मट्टितेल मिसावट गर्न लागेको अवस्थामा प्रहरीले १ जनालाई रंगेहात पक्राउ गरेको छ ।

आज दिउँसो गौशाला नगरपालिका ७ स्थित जीरोमाईलमा संचालित जनक आयल स्टोर्सका संचालक जनक बहादुर श्रेष्ठका ४२ बर्षिय छोरा नविन कुमार श्रेष्ठलाई प्रहरीले पेट्रोलको टङ्कीमा मट्टितेल मिसावट गर्न लागेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठले सो टङ्कीमा ६ वटा जारमा राखिएको ३ सय लिटर मट्टितेल मिसावट गर्न लागेको अवस्थामा स्थानियहरुले नियन्त्रणमा लिएर प्रहरीमा बुझाईएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

संचालक श्रेष्ठले यस अघि पनि यसरी नै पेट्रोलमा मट्टितेल मिसावट गरेर विक्री वितरण गर्दै आएको स्थानियहरुले जनाएको छ । श्रेष्ठलाई नियन्त्रणमा लिएर सो घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

चाडवाडको समयमा पनि महोत्तरीको प्रमुख व्यापारी केन्द्रको रुपमा परिचित रहेको गौशाला बजारमा प्रशासनकोतर्फबाट अनुगमन नभएपछि सेवाग्राहीहरु खुलेआम ठगिदै आएको छ । यसभन्दा अगाडि अनेकौपटक अनुगमन भएतापनि सो अनुगमन देखावटीको लागि मात्र सावित हुने गरेको स्थानियहरुले प्रतिक्रिया दिएका छन । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..