» » महन्थ र राजेन्द्रको मिलन सम्भव छ त ?


तराई मधेशमा उत्पत्ति भएको दल फुट्दै र जुट्दैको चर्चाबाट हालसम्म अछुतो छैन । प्रायः प्रत्येक दिन मधेशवादी दल फुट्दैछ, प्रत्येक दिन जुट्दैछ भनि हल्ला छ बजारमा । तमलोपका अध्यक्ष हन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो एक हुँदैछ भनि हल्लासँगै चर्चा पनि छ ।



 यसका लागि दुवै दलका अध्यक्षसँग पटक पटक कुराकानी पनि भएको छ र एकताको बारेमा छलफल गर्नका लागि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्ण र तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लाल रहने गरी एक कार्यदल पनि गठन भएको छ तर लाल भन्नुहुन्छ, त्यस प्रकारको कुनै कार्यदल बनेको छैन ।



पार्टीकै स्रोतहरु भन्छन्, छलफलका लागि कार्यदलको बैठकहरु पनि बसेका छन् तर हालसम्म कुनै टुगों लागेको छैन ।



हुन त यसअघि पनि यी दुई दलबीच एकीकरण हुने चर्चा नचलेको होइन तर पार्टीभित्रकै आन्तरिक असहमतिका लागि एकीकरण नहुन नसकेको स्रोतहरु बताउँछन् । अहिले पुनः एकपटक प्रयास शुरु भएको हो । यो प्रयास त्यतिकै भएको होइन, स्रोत भन्छन्, भारतले यी दुई दललाई एकीकरण गर भनि सुझाव दिएको हो ।’



भारतले तमलोपा र सद्भावना पार्टीलाई मात्र होइन, मधेशमा रहेका सबै दललाई एकआपसमा एकीकरण गर्न सुझाव दिएको छ ।


यसअघि उपेन्द्र यादव अध्यक्ष रहेको तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीबीच एकीकरणको चर्चा भएको थियो । तर पार्टीको अध्यक्ष को बस्ने विषयमा कुरा नमिलेपछि तीन दलको बीचमा एकता भाँडिएको थियो ।


त्यसबेला एकीकृत पार्टीको अध्यक्षमा उपेन्द्र यादव र महन्थ ठाकुरको दावी थियो । राजेन्द्र महतोले अध्यक्षमा आफ्नो दावी रहेको बताएका थिए तर भित्रभित्रै महन्थ ठाकुर अध्यक्ष बन्नुपर्ने पक्षमा थिए ।


तमलोपा स्रोतका अनुसार यसरी हुँदैछ पार्टी एकीकरण भन्ने कुराको जानकारी पाएपछि सो पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठी आफ्ना पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका थिए । भेटमा उनले भनेका थिए, सुन्दैछु पार्टी एकीकरण हुँदैछ, हुन लागेको एकीकृत पार्टीमा मेरो स्थान कहाँ ?’ किनभने राजेन्द्र महतोको तल ह्रदयश त्रिपाठी बस्न चाहेका थिएन ।


 महन्थ ठाकुरले त्रिपाठीलाई उचित स्थान नदिएपछि एकीकरण प्रकृया स्थगित भएको थियो । त्यसपछि त्यसको चर्चासम्म पनि भएन । तर जब यो तेस्रो मधेश आन्दोलन भयो अनि स्थगित रहेको एकीकरणका कुरा पुनः शुरु भएको छ ।

नेताको प्रतिकृया

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले कुराकानी मात्र शुरु भएको र कुनै टुगोंमा नपुगेको बताउनुभयो । उहाँले यी दुई दलबीचमा मात्र होइन, मधेशमा रहेका अन्य दलहरुको बीचमा पनि एकीकरण होस् भनि आफूले चाहेको प्रतिकृया दिनुभयो । मधेशी जनताको एउटै माग हो सबै मधेशवादी दलहरु एक होउन तर दलहरुको बीचमा कुरा नमिलेको कारण एकीकरण हुन नसकेको उहाँले बताउनुभयो ।

एकीकरण गर्ने कुरा लगभग पक्का भएको छ । प्राविधिक कुराहरु मिलाउन मात्र बाँकी छ, तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जंगीलाल राय यादवले भन्नुभयो, दुई दलको बीचमा एकीकरणको विषयमा घनिभूत छलफल भइरहेको केही दिनमै यसको परिणाम आउने प्रतिकृया दिनुभयो ।

तर सोही पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले चर्चामा आएको जस्तो एकीकरणको प्रकृया शुरु नभएको प्रतिकृया दिनुभयो । दुई दलको बीचमा कुराकानी भएको छ तर यही र यो विषयमा कुरा भएको हो भन्ने खालको कुरा केही नभएको बताउँदै उहाँले एकीकरण दुई दलमा मात्र होइन, अन्य दलहरुको बीचमा हुनुपर्ने पक्षमा रहेको प्रतिकृया दिनुभयो ।

यसपटकको एकीकरणमा तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठी बाधक नहोस् भन्ने किसिमले एकीकरणको कार्य अगाडि बढेको स्रोतहरुको दावी छ । तर, त्रिपाठी बाधक भए त्यसलाई छाडेर भएपनि यसपटक एकीकरण हुने तयारी भइरहेको पार्टीका नेताहरु नै बताउँनुहुन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..