» » अनपढ भन्दै १२ वर्षपछि घरबाट निकालियो फुलमतीलाई

सनिउल्ला धोबी
कपिलवस्तु असोज २५ गते । फुलमती यादवको विहे भएको १२ वर्ष भयो । एउटी २ वर्षीय छोरी पनि छिन् । उहाँ छोरी ममता सहित अहिले करिब २ वर्षदेखी आपm्नो माइत कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुरमा बस्दै आउनु भएको छ ।

उहाँको विवाह सानैमा भयो, पछि गौना भएको हो । मधेशमा सानैमा विहे गरे पुण्य प्राप्त हुन्छ भन्दै सानैमा विहे अनि केहि वर्षपछि गौना गर्ने चलन रहेको छ ।

उहाँको विवाह शिवराज नगरपालिका १३ विशनपुरका राम फेरन यादवका छोरा बब्बु यादवसँग भएको थियो । बब्बु यादव पढेलेखका छन् तर फुलमती निरक्षर हुनुहुन्छ । बब्बु यादव र उहाँका परिवारले उहाँलाई अहिलेदेखि सहदैनन, करण हो फुलमती लेखपढ गर्न जान्नुभएको छैन । बब्बु यादव वैदेशिक रोजगारको शीलशीलामा दुवई जाने, आउने गर्नुभएको छ ।

बब्बु घर आएको बेला फुलमतीका दाइ प्रभु यादवले किन मेरो बाहिनीलाई लाग्नु हुँदैन भन्दा उहाँका श्रीमान अब लैजान्न उसको बानीव्यहोरा ठिक छैन भन्दै लैजानका लागि आनाकानी गर्छन ।

प्रभुले विहे गर्दा भने जती दाइजो पनि दिएका थिए अहिले किन मेरो बहिनीलाई अस्वीकार गर्नुहुन्छ भन्दा उहाँले पढेलेखेकी छैन त्यसैले राख्दिन भन्दै नेताहरुको घरघर धाउन्न लगाउन व्यस्त देखिएको फुलमतीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म बेसहारा बनेकी छु, मलाई न्याय दिलाउने कोही छैन ।’

फुलमतीका दाइ प्रभु यादव भन्नुहुन्छ, महिलाहरुको हक अधिकारको पक्षमा काम गर्ने संघ संस्थालाई मैले पटक पटक फुलमतीको बारेमा जानकारी गराएको छु, प्रत्यक्ष भेटेको पनि छु तर आफ्नो बहिनीको पक्षमा कोही बोल दिएन ।’

खरेन्द्रपुरका सोमई धोबी भन्नुहुन्छ, फुलमतीको बारेमा तीनपटक वडा प्रहरी कार्यालय चन्द्रौटामा समेत छलफल भयो । पहिलो पटक त मैेले घर लैजान्छु भन्दै बब्बुले सहमति पनि गर्नुभएको थियो तर सहमतिको कागजमा हस्ताक्षर गरेर लगे पछि फेरी घरमा अनेक आरोपहरु लगाएर यातना दिन थालेपछि फुलमती पुनः आफ्नो माइत आउनुभयो ।

केहि हप्तापछि उहाँलाई इलाका प्रशासन कार्यलाय चन्द्रौटा बोलाइयो । पहिले नगारिकता बनाउने छोरीको जन्मदार्ता बनाउनेका लागि पत्र बनाएर फेरी वडा प्रहरी कार्यालय चन्द्रौटामा बोलाइयो । इलाका प्रशासनको पत्र अनुसार प्रहरीले उहाँको श्रीमानलाई पनि हाजिर गराएको थियो । विशनपुरका एमालेका नेता र काँग्रेसका  स्थानिय नेताहरुको भनाइमा अब कुटपिट नगर्ने भनेरै कागजपत्र बनाउने अनि, कागजपत्र बनेपछि विशनपुर लैजाने भनेर सहमती भएको हो ।

त्यसको अर्का दिने उहाँका दाजु प्रभु प्रशासन कार्यलय पुगे त्यहाँ तर उहाँको श्रीमान पक्षको कोही पनि हजिर भएनन् कागजपत्र अहिले प्रशासन कार्यालयमै  रहेको उहाँका परिवारले बताउँछन् ।

छलफल गर्दा घर लैजाने कुटपीट गर्ने, खाने नदिने, गालीगालौज गर्ने, बोक्सीको अरोप लगाई एक दुई दिनमा फुलमतीलाई भगाउने समेत गरेको विशनपुरका उहाँकै छिमेकहरुले बताउँछन् ।

फुलमती अहिले बेसाहरा बन्नुभएको छ । विशनपुरका गाउँलेहरुको अनुसार अब उहाँका श्रीमानले अर्कै विहे गर्ने भित्रि योजना रहेको बताउँछन् । फुलमतीलाई एक दुइ लाख दिएर चुप लगाउने योजना पनि रहेको छ बब्लु परिवारको । यस्तो काममा सहयोग गर्न स्थानीय केही नेताहरु पनि लागेको स्रोतले जनाएको छ ।

फुलमतीका श्रीमानले विदेशबाट कामएको पैसाले नयाँ घर, ट्रयाक्टर, जमिन समेत जोड्न
 भएको छ । फुलमतीलाई अंश दिनुपर्छ भन्दै केही पैसा र जग्गा अर्कैको नाममा सारेको स्रोतहरुले बताएका छन् ।
बब्बु र उहाँका भाइ गुड्डु, सासु आमा सुगी यादव समेत फुलमतीलाई नल्याउने बताउनु भएको छ ।

के नपढ्नु फुलमतीको गल्ती हो । त्यो समयमा उहाँको घरको अर्थिक अवस्थाले पढ्ने क्षमता थिएन होला । के हाम्रा समाजका सबै हजुरआमा, आमा, काकी, माइजु, दिदि बहिनी सबै पढेकै छन त । पक्कै पनि होइन, नपढेका पनि छन् । तर फुलमती नपढेकै करण विहे भएको १२ वर्ष पछि घरबारविहिन बन्नुभएको हो ।

अहिलेको अवास्थामा आएर उहाँलाई घरवार विहिन गर्नु पक्कै राम्रो होइन । अखिर नपढेर पनि सम्मानीत तारिकले जीवन बिताइ रहनु भएको छ । फुलमतीलाई किन विभेद । के उहाँलाई आफ्नो श्रीमान कहाँ बस्ने अधिकार छैन । अखिर किन नपढेको करण फुलमतीलाई बेसाहरा बनाइदै छन् त यहाँ ।

महिला अधिकारका पक्षमा विभिन्न संघ संस्था खोलेर दिनहु जासो कार्यक्रम गर्दै आएका  अधिकारकर्मी समेत अहिले फुलमतीको पिडा बुझेका छैनन । भनिन्छ, महिलाको पिडा महिलाले नै बुझ्छन् तर यहाँ त उल्टो भएको छ फुलमतीको पक्षमा बोल्ने कोही छैनन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..