» » मोटसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु


इनरुवा, असोज २३  गते । सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती खोलानिर आज बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृत्यु हुनेमा इटहरी–५ बस्ने मदन गुरुङ र कुमार रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

राति र र बिहान अत्यधिक मापसे गरी आइरहेका कारण मोटरसाइकल दुर्घटना भई गुरुङद्वयको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..