» » गृहमन्त्रीले भन्नुभयो, पत्रकारको सुरचक्षाप्रति सरकार गम्भिर छ


काठमाडौँ, असोज १९ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले पत्रकारको सुरक्षाप्रति सरकार सचेत रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको प्रकाशन विभागद्वारा आज यहाँ आयोजित ‘युनियन  पत्रिका’ त्रैमासिकको विमोचन कार्यक्रममा उहाँले पत्रकारको भौतिक सुरक्षाका लागि सरकार आवश्यक कदम चाल्न तयार रहेको बताउनुभयो ।

संविधानमा केही संशोधन गरेर संविधान कार्यान्वयनको अनुकूल वातावरण बनाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि संवैधानिक व्यवस्था अनुरुप स्थानीय, प्रादेशिक र सङ्घीय तहको निर्वाचन गराउन सरकार लागिपरेको छ ।”

संविधान कार्यान्वयन सरकारको प्रमुख प्राथमिकतामा रहेको र यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिदिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको भौतिक सुरक्षा प्रमुख चुनौतीका रुपमा रहेको र त्यसले समाचार लेखनमा स्वनियन्त्रित हुनुपर्ने अवस्था सिर्जना गरेको औँल्याउनुभयो ।

युनियनका अध्यक्ष बद्री सिग्देलले श्रमजीवी पत्रकारका मुद्दामा सबै सङ्घ सङ्गठन एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रकाशन विभागका संयोजक कल्पना शर्माले युनियनको इतिहास र जिल्ला समितिका गतिविधिबारे जानकारी गराउन त्रैमासिक पत्रिका प्रकाशन सुरु गरेको बताउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..