» » आन्दोलनको धम्कीले संविधान संशोधन हुन सक्दैन– गौतम

मोरङ, कात्तिक १२ गते । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आन्दोलनको धम्कीले संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।

विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै नेता गौतमले सडकबाट नभई संसद्बाट संविधान संशोधन हुने भएकाले मधेसी मोर्चाले आन्दोलन र धम्कीका कुरा छाड्नुपर्ने बताउनुभयो ।

संविधान संशोधनका विषयमा आफ्नो पार्टीसँग अहिलेसम्म कुनै सल्लाह नभएको उहाँको भनाइ थियो ।

गौतमले संविधान संशोधन गर्न दुई तिहाइ बहुमत चाहिएकाले एमालेलाई पाखा लगाएर दुई तिहाइ बहुमत पु¥याउने शक्ति कसैमा नभएको बताउनुभयो ।

गौतमले अदुअआ प्रमुख लोकमानसिंह कार्कीले राजनीतिक दल र निजामती प्रशासनलाई आङ्तकित तुल्याएर छुट्टै राज्यसत्ता कायम गर्न खोजेकाले महाभियोग प्रस्ताव ल्याउनुपरेको स्पष्ट गर्नुभयो ।

उपाध्यक्ष गौतमले भारत र चीन दुवै देशका राष्ट्र प्रमुख आउँदा सार्वजनिक बिदा दिन आवश्यक नभएको पनि बताउनुभयो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..