» » साठी फिट लामो रावण दहन


महोत्तरी,  असोज २६ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा मङ्गलबार राति बडादसैको अवसरमा रावणको पुतला दहन गरिएको छ ।

शङ्करचोक शिव तथा दुर्गा पूजा समारोह समितिको आयोजनामा रु दुई लाख १५ हजारको लागतमा ६० फिट लम्बाइ भएकोे रावणको पुतला निर्माण गरी रावण दहन गरिएको हो ।

सांसदहरु रामदयाल मण्डल र चन्देश्वर झाले सो धार्मिक कार्यक्रमको शुभारम्भ गरेपछि पूजा समितिका उपाध्यक्ष रोशन सिंह र जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले रोकेटमा आगो लगाई रावण दहन गर्नुभएको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..