» » महिलाहरुले करवाचौथ पर्व मनाईदै


धनवीर महतो
महोत्तरी, कात्तिक ३ गते । हिन्दु विवाहिता महिलाहरुले आफना पतिको दीर्घायुको कामना गर्दै आज धुमधामका सँग करवा चौथ पर्व मनाईदैछन ।

आफना पतिको सुख समृद्धि दिर्घायु एवम अटल सुहागको कामना गर्दै निराहर व्रत बसेर यो पर्व मनाईदैछ ।

आज साँझको समयमा चन्द्रमाको अर्घ दिएपछि आफनो पतिको मुख हेरेर यो पर्वका समापन गर्ने परम्परा रहेको छ ।

करवा चौथ पर्व कार्तिक कृष्णपक्षको चतुर्थी तिथी दिन मनाईने करबा चौथ पर्व पछिल्लो समयमा आएर ग्रामीण महिलादेखि लिएर आधुनिक महिलाहरुले श्रद्धा एवम उत्साहपूर्वक धुमधामका सँग मनाईरहेका छन । दिन भरि निराहर व्रत बसेका ब्रतालुले रातिको समयमा चन्द्रमाको अ‌ध्र्य दिएपछि मिष्ठान भोजन गर्ने गरिन्छ ।

साँझको समयमा सो¥ह श्रृंगारमा सज्जिएकी व्रतालुले शिव, पार्वती, कार्तिकेय, गणेश तथा चंद्रमाको पूजा गरिन्छ ।

माता पार्वतीले कठिन तपस्या गरेर भगवान शिवलाई श्रीमान स्वरुप प्राप्त गरि अखंड सौभाग्य प्राप्त गरिएको धार्मिक ग्रन्थ नारद पुराणमा उल्लेख गरिएको छ । १२ वा १६ वर्षसम्म प्रत्येक वर्ष लगातार लिएपछि यस व्रतको उद्यापन (उपसंहार) गर्ने नियम छ । तर कतिपय सधवा स्त्रीहरूले आजीवन यस व्रतको सम्पादन गर्ने गर्दछन् ।

व्रतको विधिविधान र नियम

पतिको दीर्घायु तथा अखण्ड सौभाग्यप्राप्तिका लागि यस दिन भालचन्द्र भगवान् गणेशको पूजा(आराधना गरिन्छ । कार्तिक कृष्ण पक्षको चन्द्रोदयव्यापिनी चतुर्थीका दिन एकाबिहानै ब्रह्ममूहुर्तमा उठेर स्नान गरी आफ्नो सौभाग्य(पति)को दीर्घायु, सुस्वास्थ्य र अटल सौभाग्यको कामना गर्दै दिनभरि निराहार रहेर व्रत सम्पादन गर्नुपर्दछ ।

यस दिन दियो, कलश र गणेशको स्थापना गरी ऋद्धिबुद्धि समेत भगवान् गणेश, चन्द्रमा, शिव, पार्वती र कार्तिकेयको पूजा गर्नुपर्दछ । पूजाका लागि आवश्यक नैवेद्य तैयार गर्दा शुद्ध गाईको घिउमा गहुँको पीठोलाई भुटेर त्यसमा चिनी वा गुड मिसाएर विवाहव्रतबन्धमा बनाइने कसार जस्तै लड्डु बनाउनु पर्दछ ।

त्यस्तै कालो माटोमा चिनीको चासनी (पाक) मिसाएर एउटा वा इच्छाइएको संख्यामा (आआफ्नो सामर्थ्यअनुसार १०र१३ आदि) करुवा बनाउनु पर्दछ । कालो माटोबाट निर्माण गर्न नसकेमा तामाको करुवा किनेर पनि काम चलाउन सकिन्छ ।

 पूजा सम्पन्न गर्नका निमित्त सेतो बालुवा वा सेतो माटोको वेदी बनाएर त्यसमाथि प्रत्येक देवीदेवताका लागि बेग्लाबेग्लै कलश र थाली राखी माथि उल्लिखित देवीदेवताको मूर्ति वा प्रतिमा स्थापना गर्नु पर्दछ, तर मूर्ति वा प्रतिमाको अभावमा सुपारीमा धागो बाँधेर पनि राख्न सकिन्छ ।


पूजा गर्दा सम्भव भएसम्म योग्य पुरोहितको सहायताले वैदिक वा पौराणिक मन्त्रहरूको प्रयोग गरी षोडशोपचार पद्धतिले गर्नरगराउन सकिन्छ, तर पण्डितजीको अभावमा क्रमशः भगवान् गणेशलाई ॐ ऋद्धिबुद्धिसहिताय श्री मन्महागणाधिपतये नमः भनेर पूजासामाग्री अर्पण गर्नु पर्दछ, यसै गरी चन्द्रमालाई ॐ चन्द्रमसे नमः, शिवजीलाई ॐ नमः शिवाय, पार्वतीलाई ॐ पार्वत्यै नमः र कार्तिकेयलाई ॐ षण्मुखाय नमः भन्दै पूजा गर्नु पर्दछ । पूजाको समापनमा कम्तीमा एउटा अम्खोरा (लोटा), एउटा करुवा र वस्त्र दान गरी आरती, पुष्पाञ्जली र दक्षिणा गर्नुपर्दछ ।


दिनभरि निराहार रहँदै करवाचौथको कथा सुन्ने वा वाचन गर्ने, भजनकीर्तन गर्ने गरी बस्नुपर्दछ र सायंकाल चन्द्रमा उदाएपछि चन्द्रमाको पूजा र दर्शन गरेर अर्घ्य दिनुपर्दछ । यसपछि ब्राह्मण, सौभाग्यवती (सधवा) स्त्रीहरू, सासूससुरालाई भोजनादि गराउनु पर्दछ र भोजनपछि ब्राह्मणहरूलाई यथाशक्ति दक्षिणा दिनुपर्दछ ।

करवा चौथको अन्त्यमा सासूलाई पूजाको वेदीमा राखिएकामध्ये कुनै एउटा लोटा, वस्त्र र करुवा समर्पण गर्नु पर्दछ, यदि सासू जीवित हुनुहुन्न भने सासूकै उमेरकी कुनै स्त्रीलाई दिए हुन्छ । यसपछि मात्र आफूले भोजनादि ग्रहण गर्नुपर्दछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..