» » आजको दिन निलकण्ठ चारालाई दर्शन गरे शुभ हुन्छ


राजविराज, असोज २५। आज विजया दशमीको दशौं दिन तराई मधेशका जिल्लाहरुमा निलकण्ठ चराको दर्शन गरिंदैछ ।
घटस्थापनाका दिनदेखि निरन्तर रुपमा देवी दुर्गा भवानीको पूजाआजा गरी दशौं दिन निलकण्ठ चराको दर्शन गर्ने परम्परा रहँदैआएको हो ।

रोलर बर्डको नामले चिनिने यो चराको दर्शनले वर्षभरी शुभ हुने तथा हरेक कार्यमा सफलता हुने जनविश्वास रहेको न्यूजटुडेले जनाएको छ ।
तराई मधेशका जिल्लाहरुमा ठूला रुखहरुमा गुँड बनाएर बस्ने यो चरालाई देवाधिदेव महादेवको स्वरुपको रुपमा समेत मानिएको छ ।

निलकण्ठ को दर्शन गरेपछि शीर निहुराएर प्रणाम गरी वर्षभरि हरेक क्षेत्रमा जय–विजय होस भनी कामना गरिन्छ ।
आजका दिन ग्रामिण भेगमा बालकदेखि बृद्धसम्म विहानै उठेर निलकण्ठको दर्शन गर्न जाने गर्छन् ।

हिन्दू धर्मग्रन्थमा भगवान श्रीरामले निलकण्ठ चराको दर्शन पश्चात मात्र रावणको संहार गरेको उल्लेख छ । अर्थात अति बलशाली रावणको संहार गर्नु अघि उक्त चराको दर्शन गरेपछि मात्र शुभ साइत अर्थात सफलता पाएको जनविश्वास छ ।

धर्मशास्त्रमा समेत भगवान शिवलाई निलकण्ठ मानिएको छ । सोही अनुरुप नीलकण्ठलाई यस युगमा भगवान शिवको प्रतिनिधिको रुपमा मानिएको विद्वानहरुको तर्क छ ।

रङ्गीविरङ्गी यस चराको गला अर्थात घाँटी भगवान शिवको जस्तै कालो भएको जनविश्वास छ । यो चरा एकांकी अर्थात एक्लो बस्न रुचाउँछन् ।
पछिल्लो समय किसानहरुले धान खेतमा किरा मार्नकालागि प्रयोग गर्ने किटनाशक औषधीको प्रयोग गर्ने गरेका छन् । मरेका किरा फट्यांग्रा खाएर तथा किटनाशक औषधीको प्रयोगले अहारा नपाउँदा निलकण्ठ चराको संख्या घट्दैगएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..