» » ज्ञानेन्द्र पथमा सिके राउत


दिनेश्वर गुप्ता
आधुनिक नेपालका तीन राजा । जसमा सदाबहार लोकतान्त्रिक गणतन्त्रका पक्षधर लेखक खगेन्द्र संग्रोला । दोस्रो आफ्ना भाइभारदारलाई स्वर्ग लोकमा पुरयाएर निजी स्वार्थको लागि संघर्ष गर्ने ज्ञानेन्द्र शाह । र, तेस्रो अलगाववादका नायक सिके राउत ।

 यी तीन राजा गबजको काम गर्छन् । यी तीनै जना तीनवटै पेसाबाट आएका छन् । लेखक—पत्रकार खगेन्द्र संग्रोला । उद्योगी—व्यापार ज्ञानेन्द्र शाह । र, बैज्ञानिकबाट आएका सिके राउत हुन् । यिनीहरु अहिले राजनीतिक शुन्यता रहेको बेला चलबलाउंन थालेको छ ।

हुन त खगेन्द्र संग्रोला लोकतन्त्र गणतन्त्रलाई सवल बनाउंन सधैं कलम चलाई रहनु भएका छन् । त्यति मात्रै होइन् । जनताको राजा संग्रोलाले विभेदमा परेका हरेकपक्षधरको आवाज बुलन्द गर्न सधैं गाली नै सुन्ने गरेका छन् ।

तर, संसारबाट विदाई लिइसकेका राजाहरु नेपालमा फेरी सल्बलाउंन थालेको छ । दाहसंस्कार भईसकेका राजसंस्था जो मुर्दा हो । कुहिएको मुर्दालाई चलाइयो भने गन्हाउंने सिवा अरु केही नहुने अवस्थाका ज्ञानेन्द्र देवी देवताको दर्शनमा तलिन छन् । दशैंको राजनीतिक शुन्य समयमा गन्हाएको हो ।

उता, अलगाववादका बैज्ञानिक पनि दशैंको मुहर्त निकालेर मन्दिर मन्दिर दर्शनमा छन् । जनसमर्थन न्युन हुन थालेपछि वैज्ञानिक बुद्धिमा मेलामा पुगेर भिड् ताजगी देखाउंदै आएको छ ।

यहां भिड्को ताजगी देखाउंन उद्योगी व्यापारी ज्ञानेन्द्र पनि मन्दिरको दौडहा गरेर आफ्ुलाई जनताको समर्थन छ भनी दावी गर्दै आएको छ । अर्कातीर सधैं भिड्बाट बाहिर बसेर भिड् बढाउंने काम गरिरहेका जनताको राजा लोकतान्त्रिक गणतन्त्रका राजनीतिक दललाई गाली गर्ने काम गर्दै आएको छ ।

तर, राजनीतिक शुन्यको बेला ज्ञानेन्द्रले उठाएको प्रश्नको विरुद्धमा खरो टिप्पणी गरेका छन् । जसलाई सधैं गाली गर्छन् ।

आज राजनीतिक दलमाथी औला उठाउंने ज्ञानेन्द्र जस्तालाई संग्रोलाले यस शुन्य समयमा तमाचा लगाउंन पछि हटेन । अर्थात लोकतान्त्रिक गणतन्त्र विरुद्ध बोल्नेलाई मुहतोड जवाफ दिने काम गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..