» » नेपाल र भारतबीचको सम्बन्ध थप बलियो बनाउनुपर्ने



काठमाडौँ, असोज १५ गते । नेपाल–भारत सम्बन्ध धेरै पुरानो रहेकाले यसलाई थप बलियो बनाउनुपर्ने विज्ञहरुले बताएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आज योजना गरेको नेपाल–भारत सम्बन्ध पुनःस्थापनासम्बन्धी अन्तक्र्रियामा भारतीय जनता पार्टीका राजनीतिक विश्लेषक डा शेशाद्री चारीले नेपाल–भारतबीचको अन्तरसम्बन्धले मात्र दुई देशको सम्बन्ध विस्तार नहुने भन्दै यसलाई जीवन्त राख्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल–भारतबीचको सम्बन्ध धेरै पुरानो भए पनि कहिलेकाहीँ सम्बन्धमा आउने उतारचढावलाई उचित ढङ्गले समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता चारीले मुलुकको विकासका लागि आर्थिक क्षेत्रको ठूलो महत्व रहेको भन्दै दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपाल–भारत सम्बन्ध सदियौँदेखिको रहेकाले यसलाई थप बलियो बनाउनु जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “नेपाल र भारत दुवै मुलुकका केही कमी कमजोरीहरु छन् त्यसलाई सच्याएर अगाडि बढेमात्र दुई मुलुकबीचको सम्बन्ध झन मजबुत हुन्छ ।”

कोइरालाले दक्षिण एसियाली मुलुकमा भारत शक्तिशाली मुलुक बन्दै गएको बताउँदै दक्षिण एसियाका मुलुकलाई मिलाएर लैजान भारतको मुख्य जिम्मेवार रहेको बताउनुभयो ।

उहाँले भारत र पाकिस्तानबीचको सम्बन्धमा आएको खटपटले गर्दा सार्क स्थगित हुनसक्ने परिस्थिति सिर्जना भएको भन्दै भारत यस कुरामा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

राजनीतिशास्त्री आनन्द आदित्यले नेपाल र भारत एउटै भ्रूणबाट जन्मेका दुई बच्चा भएको बताउँदै यी मुलुकको सम्बन्ध बलियो हुनुपर्ने बताउनुभयो ।

उहाँले दुई देशको सम्बन्धका बारेमा राजनीतिक दलहरुबीच बहस चलाउनुपर्ने बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..