» » आठ दिन न पुग्दै दुई टाउके शिशुको मृत्यु


मनिष गुप्ता

कपिलवस्तु १९ असोज । बुधबार कपिलवस्तुको गणेशपुर ८, दत्तपुरमा  सुबिया पठानको कोखबाट जन्मिएकी दुई टाउके नवशिशु (बालिका) को मंगलबार बिहान मृत्यु भएको छ ।
आर्थिक अभावले उपचार गराउन नसकेपछि शिशुको मृत्यु भएको हो । जिल्लामा पहिलो पटक अनौठो शिशुको जन्म भएको थियो ।

निम्न परिवारमा जन्मिएकी अनौठो बालिकाले समयमा उपचार पाउन नसकेपछि उनको मृत्यु भएको स्थानीय दिनेश चौधरीले जानकारी दिनुभयो । दुई टाउका भएको शिशु जन्मिएको विभिन्न संचारमाध्यमले सम्प्रेषण÷प्रसारण गरेको खबरले विभिन्न व्यक्ति अनौठो शिशु हेर्न त्यहाँ पुगे ।

आर्थिक अभावकै कारण छोरीको उपचार गराउन नसकेको जाबेद पठानले दुःखेसो पोख्नुभयो । सम्बन्धित निकायले समेत उपचारमा कुनै चासो देखाएनन् उहाँले गुनासो गर्नुभयो ।

दुई टाउकामध्ये शिशुको सानो टाउकोमा अनुहारका सम्पूर्ण आकृति विकास भएपनि ठूलो टाउकोमा अनुहारको आकृति विकास भएको थिएन ।


शिशु जन्मेको चौथो दिनसम्म दुध चुस्ने गरेपनि पाँचौं दिन स्वास्थ्य अवस्था खराब भई मंगलबार विहान ३ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

शिशु गुमाउनुपरेकोमा अहिले परिवार चिन्तित बनेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..