» » कपिलवस्तुकाे कृष्णनगरमा ७५ फिटको अग्लो ताहजिया.


अंकुश श्री /
कपिलवस्तु असोज २६ । ईस्लाम धर्मावलम्वीहरुको मोहरम पर्वको अवसारमा कपिलवस्तुमा ७५ फिटको अग्लो ताहजिया बनाइएको छ । 

कपिलवस्तुको रामनगर गाविस वार्ड नम्बर ४ पटनामा नेपालकै सबैभन्दा अग्लो ताहजिया बनाइएको हो । पटना गाउँका वार्ड नम्बर ४,५,६ मा ताजिया संरक्षण समति गठन गरेर पटनाका ११ जनाको समुहले एक महिना लगाएर ७५ फिट अग्लो ताहजिया बनाएका हुन् जसलाइ दाहा पनि भनिन्छ । एक लाख ५० हजार रुपियाँको लागातमा ७५ फिट अग्लो ताजिया बनाएको ताजिया संरक्षण समितिका अध्यक्ष मूख्तार अहमद बेगले बताउनुभयाे  । 

बाँस, कागज,पिठोको लेदोले सहयातले करिब ताजिया निर्माण गरिएको हो । पटनाका स्माइलबेग, हसनवेग, जुलकदर मुजावर, बाबुराम कोरी, नसीम बेग, आफक खान,रज्जाक मिया, हरिद्धार प्रसाद मौर्या, राज कुमार अराख, राम फेरन कोरीले ताहजिया बनाएको अध्यक्ष मुख्तार बेगले बताउनु भयो ।
ईस्लाम धर्मावलम्वीहरुको मोहरम पर्व आज ताहजिया बनाएर मनाइदै छ । ईस्लामी क्यालेन्डर हिजरी सम्वत १४३८ हिजरीको पहिलो महिनाको चाँदको १ तारिकदेखि शूरु हुने मोहरम पर्व १० तारिखसम्म मनाईने गरिन्छ । 

मुस्लिम धर्मालम्वीहरुले ईद, बकर ईद र मोहरमको दशमी लाई धुमधामका साथ मनाउने चलन रहि आएको छ । आज धर्मीक जुलुस यात्रा गरि, ताहजिया बनाइ मनाइदै छ । 

हजरत महम्मद को नाती हसन र हुसैेन सहिद भएको संम्झनामा मुस्लिम धर्मालम्वीहरु र हिन्दुहरुले समेत यो पर्व मन्दै आएका छन ।
मुस्लिम समुदायको पर्व भए पनि यहाँका हिन्द समुदायकाले पनि उत्तिकै महत्व र श्रद्धाका साथ यो पर्व मनाउने गर्छन् । आफुले भाकल गरेको पुरा भएपछी मोहरम पर्व मनाउन लगेको कृष्णनगरका राम प्रसाद यादवले बताउनुभयो । पछिल्लो समय मोहरम पर्व सद्भावको पर्वको रुपमा स्थापित हुदै गएको छ । 

मोहरम पर्वमा हजरत महम्मद को नाती हसन र हुसैेन सहिद भएको संम्झनामा कागजको ताहजिया बनाएर ढोल,तासा,झाज बाजाउने चलन रहेको छ ।
ईमाम हुसेनले अल्लाह संग मेरो हजुरवुवा मोहम्मद लाई मान्ने सम्पुर्ण मुस्लिमलाई जन्नत( स्वर्ग) पुर्याउन गरेको वाचा अनुरुप बदलामा हुसेन ईराकको राजधानी कर्रवला बग्दादमा सहिद भएको सम्झनामा संसारभरका मुस्लिमहरुले मोहरम मनाउदै आएका छन ।
हुसेैनको आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकोले, नवाज पढ्ने समयमा सधै हुसेन रोहीरहेपछि फरिस्ताले अल्लाहले आग्रहमा नवाज सुन्न वाधा नपरोस भर्नी जन्नत घुमाउदा समेत, हुसेन रुन नछोडेपछि अल्लाहले, तिमी किन रोईरहेको भनी प्रश्न गर्नुभयो ।

 हुसैेनले मेरो हर्जरत मोहम्मदका उम्मदहरु( अनुयायीहरु) सिधै जन्नत जान पाउन भनी माग गरेपछि अल्लाहले तिमी कर्रवला बग्दादमा सहिद हुन तयार छौ भने मात्र म तिम्रो ईच्छा पुरा गर्ने छु भनी वाचा गरेपछि मोहरमको नवमीको रात हुसैेनको कतल गरी मोरम दशमीको दिन सहिद भएको संम्झनामा मुस्लिमहरुले यो पर्व मनाउदै आएका छन ।
हुसैेन सहिद भएको दिन देखी संसारभरी ईस्लाम धर्म फैलिएको मुस्लिम धर्मालम्वीहरुले बताउदै आएका छन । हसन र हुसैेनको संम्झनामा कपिलवस्तु लगायत विभिन्न जिल्लाका मुस्लिम र हिन्दुहरुले तहाजिया निकालेका गरेका छन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..