» » प्रचण्डको नयाँ कुराः छठअघि सविधान संशोधनको प्रस्ताव संसदमा लगिने


काठमाडौं असोज २८ गते । नेकपा (माओवादी केन्द्र) का प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले छठअघि सविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा लैजाने पार्टीमा निर्णय नै गर्नुभएको छ ।
यसअघि उहाँले भारत भ्रमणमा जानुअघि गर्ने भन्नुभएको थियो भने पछि दशैंअघि गर्ने भन्नुभएको थियो तर केही दिनपहिले तिहारअघि नै गर्ने भन्नुभएको थियो तर आज पार्टीको बैठकमा नै छठअघि प्रस्ताव लैजाने भन्नुभएको छ ।
आज बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकमा छठअघि प्रस्ताव संसदमा लैजाने तयारी गर्नका लागि कार्तिक १० र ११ गते काठमाडौंमा गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला पनि स्थगित गरेको छ । पार्टीका प्रवक्ता पम्फा भुसालले भन्नुभयो, मधेशी, आदिवासी जनजाति, थारुहरुसँग छलफल गरि उनीहरुको समस्याका समाधानका लागि छलफल गर्न पार्टीको राष्ट्रिय भेला सारिएको हो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चाका नेताहरुसँग भएको छलफलमा दशैंअघि नै सविधान संशोधनको प्रस्ताव लैजाने प्रतिवद्धता जनाउनु भएको थियो । त्यसपछि तिहारअघि प्रस्ताव लैजाने प्रतिवद्धता आएको थियो, यस्तो किन भनि प्रवक्ता भुसालसँग जिज्ञासा राख्दा उहाँले कुनै पनि सम्झौता हो वा होइनमा निर्णय लिने कुरा नभएकाले सबै पक्षसँग छलफल भइरहेकाले समय लागेको प्रतिकृया दिनुभयो ।
यता मधेशी मोर्चाले पनि छठपछि प्रचण्डका लागि नकुर्ने भनिसकेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिने भनेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..