» » विनय पंजियारको प्रचारशैलीप्रति तमलोपाका विद्यार्थीले जनाउनुभयो आपत्ति

आइओएममा ताला लगाउँदै अध्यक्ष मिश्रा

काठमाडौ असोज २९ गते । शिक्षण संस्थामा आफूले नै ४५ प्रतिशत आरक्षण गराएको भन्दै डा.विनय
पंजियारको प्रचारशैलीप्रति तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले आपत्ति जनाउनु भएको छ ।

पंजियार जनकपुरका विभिन्न ठाउँमा पोस्टर लगाएर नै आफू ४५ प्रतिशत आरक्षणको व्यवस्था गर्न लगाएको भन्दै नेताको शैलीमा प्रचार गर्नुभएको छ । हिजो सहाराटाइम्सले पंजियारको प्रचारशैलीलाई समाचार बनाएको थियो ।

अध्यक्ष मिश्रले सो प्रचारलाई तत्काल रोक्न आग्रह गर्दै आउने दिनमा त्यसमो मूल्यांकन जनताले गर्ने पनि भन्नुभएको छ । पंजियारलाई कतैबाट परिचालित भएर यस्तो गरेको आरोप पनि अध्यक्ष मिश्रले लगाउनु भएको  छ ।

अध्यक्ष मिश्र पनि आरक्षणका लागि आन्दोलन गर्दै आउनु भएका विद्यार्थी नेता हुनुहुन्छ । केही दिन पहिले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा ताला पनि लगाउनु भएको थियो ।

त्यो समाचारलाई सेयर गर्दै मनिष मिश्राले आफ्नो फेसबुकमा लेख्नु भएको छ, अहिले आरक्षण लागू भएको छैन, गराउनको लागी हामी लगायत केही साथी, संगठनहरू लागि परेका छौ । तर बीचमै आएर कतैबाट परिचालित भएर यस्तो किसिमको झूठा बाहबाहीको लागि साथीभाइबाट आएको यस्तो गलत कर्तुतले दुखित बनाएको छ ।
यस्ता क्रियाकलाप र झूठा प्रचार तत्काल रोक्न आग्रह गर्दछु । जनताले सबैलाई हेर्दैछ समयमा हिसाबकिताब गर्नेछन ।


हिजाेकाे समाचार यस्ताे थियाे

डा.विनय पजियार नेता हुन् कि समाजिक अभियन्ता ? प्रचारशैलीको हेर्नुस् २० तस्विर

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..