» » पशु वजारको उचित व्यवस्था नहुँदा स्थानियवासी मार्कामा

धनवीर महतो
महोत्तरी, कात्तिक ३ गते । महोत्तरीको गौशाला बजारमा मंगलवारदेखि मरेको अवस्थामा रहेको गाईलाई उचित व्यवस्थापन गर्नका लागि सम्बन्धित निकाय मुखदर्शक भएर बसेपछि स्थानियहरु मार्कामा परेका छन ।

गौशाला बजारस्थित पुलचौकमा रहेको निगौल गाई गौशालाको कमर्सियल भवनको प्रागणमा पसलको सटर अगाडि रहेको एउटा गाई मरेको २४ घण्टाभन्दा बढी समय वितिसक्दा समेत सम्बन्धित सरोकारवाला निकायले समयमा उचित व्यवस्थापन गर्नका लागि ध्यान नदिएपछि स्थानिय १ जना पसलेले निजी पैसा तिरेर सो मरेको गाईलाई व्यवस्थापन गरेको हो ।

मरेको गाईलाई समयमा व्यवस्थापन नगरेपछि आसपासका क्षेत्र दुर्गन्धित बनेपछि सो व्यवसायीले आफनो खल्तीबाट पैसा तिरेर गाईलाई व्यवस्थापन गरिएको हो ।

 सो विरामी गाई वेहोस अवस्थामा पुगेको समयदेखि वारम्बार सम्बन्धित निकायलाई आग्रह गरेको स्थानिय व्यवसायी प्रेम कुमार राउतले जानकारी दिनुभयो ।

विरामी गाई मरेको २४ घण्टाभन्दा बढी समय भएतापनि गौशाला नगरपालिकाको कार्यालय, गौशाला उद्योग वाणिज्य संघ, पशु वजार ठेकेदार, ईलाका प्रहरी कार्यालय गौशाला लगायत कहिकतैबाट सो गाईको व्यवस्थापन गर्नका लागि पहल नगरेपछि मरेको गाई दुर्गन्धित भएर बाटो हिडने बटुवालाई नाक छुनेर आसपासका बाटो भएर हिडनुपर्ने स्थिती सृजना भएको स्थानिय व्यापारीहरुले बताएका छन ।


 गौशालास्थित पशुबजारमा विक्री गर्न ल्याएका विरामी पशुहरुलाई व्यापारीहरुले जाने समयमा विक्री नभएका त्यस्ता पशुहरुलाई अलपत्र छाडदा समेत सम्बन्धित सरोकारवाला निकाय मौन हुनु रहस्मय हुदै गएको गौशाला उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष अर्जुन मण्डलले बताउनुभयो ।

आफुहरुले बारम्बार यस सम्बन्धमा हरेक निकायले ध्यानाकर्षण गराउदा समेत कहीकहैबाट पशु वजार व्यवस्थापनको लागि ठोस प्रस्ताव आउन नसकेको उपाध्यक्ष मण्डलको भनाई रहेको छ । गौशाला नगरपालिकाको कार्यालयले बर्षेणी लाखौ रुपैयाँमा टेण्डरमार्फत ठेक्का लगाउदै आएको गौशालाको पशु वजार हालसम्म पनि व्यवस्थित हुन सकेको छैन ।

जसको प्रत्यक्ष उदाहरण वजार क्षेत्रमा खानेपानी, व्यापारीलाई बस्ने छहारीको अभाव, सौचालयको अभाव जस्तो समस्याहरु अहिलेसम्म पनि यथावत नै रहेको छ । नगरपालिकाको कार्यालय, गौशाला उद्योग वाणिज्य संघ, ठेकेदारहरुको लापरवाहीको कारण बजार व्यवस्थित हुन नसक्नु प्रमुख कारण रहेको स्थानिय व्यापारी, व्यवसायीहरुले धारणा राखेका छन ।

यता गौशाला बजारमा यस प्रकारका पशुहरु मर्नु भनेको यो पहिलो पल्ट होईनन् यसभन्दा अगाडि पनि यस्ता घटनाहरु धेरै पल्ट भईसकेकोे छ । देशका विभिन्न स्थान लगायत सिमावर्ती भारतीय वजारबाट खरिदविक्रीका लागि गौशाला बजारमा आउने व्यापारीहरुले विरामी पशुहरुलाई अलपत्र छाडेपछि विरामी र असख्त पशुहरु वजारको विभिन्न स्थानमा मर्ने गरेको पाईन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..