» » तराई मधेशमा झिझियाको रौनक


काठमाडौ, असोज १७ गते । हिन्दूहरुको घरआँगनमा बडादसै आएलगत्तै तराई मधेशमा झिझिया नृत्यले रौनक बढाएको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायत मधेशमा अन्य जिल्लामा यो झिझिया नृत्यले दशैंको रौनक बढाएको छ ।

रातिको समयमा गाउँको चौवटियामा महिलाले समूह बनाएर नाचगान गर्दै झिझिया नृत्यमा रमाइलो गरेसँगै तराई क्षेत्रमा यस नृत्यको महत्व नै बेग्लै रहेको पाइन्छ ।  राति खाना खाएर गाउँका महिला ग्रामीण देवता ब्रह्मबाबाको मन्दिरमा जम्मा भई झिझिया नृत्य सुरु गर्ने गर्छन् । ब्रह्मबाबालाई  सुपारी सलामी राखेर सुरुवात गरिएको सो नृत्यमा युवतीदेखि लिएर वृद्धासम्मका महिला सहभागी भएर घरघरमा गई नृत्य गर्ने गर्छन् ।

नृत्यमा सहभागीमध्ये एकजनाले  टाउकोमा एउटा घैँटो राखेको हुन्छ । जसमा सानो सानो प्वाल पारिएको हुन्छ भने सो भित्र अलिकति गोबर राखी दियो बालिएको हुन्छ । जसको भित्र एउटा दियो बलेको हुन्छ र प्रत्येक महिलाले झिझियाको गीत गाउँदै नाचगान गर्दै रमाइलो गर्ने गर्छन् ।

वर्षौंदेखि चल्दै आएको धर्म, सांस्कृतिक र परम्परालाई जगेर्ना गर्नका लागि तराईका महिला हरपल लाग्दै आएको महोत्तरी भरतपुरकी ६० वर्षीया वृद्धा कुसमा देवीले बताइन् । पछिल्लो समयमा आएर विभिन्न किसिमका आन्दोलनले गर्दा वर्तमान समय रातिको समयमा घरबाट निस्किने वातावरण नभएकाले यस नृत्यमा भने निश्चित रुपमा केही कमी भएको उनले महसुस गर्दै आएको तर्क उनले राखेकी छन् । 
दसैँको घटस्थापनादेखि सुरु भएको झिझिया नृत्य दसैँ अवधिभरि रातिको समयमा तराईका महिलाले समूहगत रुपमा मनाउने गरिन्छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..