» » श्रीमतीको कमाईबाट राजनीतिकमा टिकेका मधेशी नेताहरु


संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं सांसद अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमा जनताले नमागेपछि नेताले भ्रष्टाचार गर्दैनन् भने आशयको आफ्नो भनाई पोष्ट गर्नुभएको थियो, यद्यपी सो पोष्ट हाल हटाइएको छ । जे भएपनि यो एउटै लाइनले नेपाली राजनीतिकको बारेमा धेरै कुरा बोलिसकेको छ । नेपालका नेता वा ब्यूरोक्राइटस किन भ्रष्टाचार गर्छन् वा अन्य अनियमितता गर्छन् नेता शाहको पोष्टबाट स्पष्ट भएको छ ।

नेपालको राजनीतिकमा लागेका नेताहरुको आय श्रोतको तुलनामा महँगाई यस्तो बढेको छ कि त्यसलाई मेन्टन गर्न निकै गाह्रो भइरहेको हुन्छ । पार्टी वा संगठनको कुनै स्थायी आर्थिक स्रोत हुँदैनन् । विभिन्न ठाउँबाट आउने चन्दा र सहयोगबाट नै पार्टी चलिरहेको हुन्छ तर नेता भएका कारणले हरेक क्षेत्रलाई हेर्नुपरेको हुन्छ ।

 सर्वसाधारण जनता, कार्यकर्ता तथा अन्यहरुको कतिपय अवस्थामा गर्जो टार्ने वा सहयोग पनि गर्नुपर्ने हुन्छ र त्यसका लागि आर्थिककै आवश्यकता परेको हुन्छ । त्यति मात्र होइन, आर्थिक स्रोत नभएपनि राजनीतिकमा टिक्नै पर्ने हुन्छ र त्यसका लागि अरु विकल्प खोज्नुपर्ने अवस्था हुन्छ । त्यतिबेला नै ती नेतालाई कमिशनखोर, भ्रष्टाचारी बनाई दिन्छ । त्यसको लागि भ्रष्टाचार वा अनियमितता गर्नुपर्ने हुन्छ । वा, नियमिति आर्थिक स्रोतको बाटो खोज्नुपरिरहेका हुन्छ ।

पछिल्लो समय मधेशवादी दलमा लागेका युवा नेताहरुले राजनीतिकमा टिक्नका लागि नियमित आर्थिक स्रोतको बाटो खोज्न थालेका छन् । फुलटाइम राजनीतिक गर्नका लागि आफैले जागिर वा विजनेश गर्न सम्भव नभएका कारणले आआफ्ना श्रीमतीलाई जागिर लगाउनका लागि कसरत गरेको देखिन्छ र कतिपयले जागिर लगाई पनि सकेका छन् ।

श्रीमतिलाई जागिर लगाएपछि नियमिति आर्थिक श्रोत आइरहन्छ र खुलेर राजनीतिक गर्न सकिन्छ भनि सोच ती नेताहरुमा देखिएको छ । सद्भावना पार्टीका महासचिव मनिष सुमन मधेशी राजनीतिकका पुरानो नेता हुनुहुन्छ । उहाँले पनि राजनीतिकमा टिक्न गाह्रो नहोस् भनेर श्रीमतीलाई जागिर लगाउनु भयो । आफ्ना श्रीमती अर्चना सुमनलाई उहाँले नेपाल आयल निगममा जागिर खुवाउनु भएको छ ।

 त्यहाँबाट हुने नियमित आर्थिक स्रोतका कारण पोल्टिक्स गर्न सजिलो भएको बताउँछन् महासचिव सुमनले । त्यति नभइ दिएको भए, आर्थिक अभाव हुन्थ्यो र त्यसका लागि अरुहरुसँग हाथ फैलाउने अवस्था आउथ्यो, उहाँ भन्नुहुन्छ । चाहेको भए सुमनले पनि जागिर गर्न सक्नु हुन्थ्यो तर उहाँलाई जागिर होइन, पूर्णकालिन राजनीतिक गर्नुछ ।

उहाँ मात्रै होइन, सो पार्टीका विद्यार्थी नेता रामेश्वर यादव र केन्द्रीय सदस्य योगेन्द्र राय यादवले पनि आआफ्ना श्रीमतीलाई जागिर लगाएर जागिरमा टिक्नु भएको छ । रामेश्वर यादवले पनि आयल निगममै जागिर लगाउनु भएको छ भने योगेन्द्र राय यादवका श्रीमती ओनिता यादव शिक्षिका हुनुहुन्छ ।

उहाँ गौरको श्रीरामनरेश राम लक्ष्मण मावि हजमिनियामा कार्यरत हुनुहन्छ । हुन त योगेन्द्र राय यादव पनि जागिरे हुनुहुन्थ्यो । स्वास्थ्यसँग सम्बन्धित धरानको एक संस्थामा काम गर्नुहुन्थ्यो तर मधेश आन्दोलनसँगै उहाँ राजनीतिकमा आउनु भयो र हाल सक्रिय राजनीतिक गर्दै हुनुहुन्छ । श्रीमती ओनिता यादवले जागिर गरेकै कारण राजनीतिकमा टिकेको छु नत्र विस्थापित हुने अवस्था आउथ्यो, योगेन्द्र यादवको अनुभव छ । उहाँले राजनीतिकमा आर्थिक स्रोतको निकै महत्व छ जुन म आफ्ना श्रीमतिबाट पाइरहेको उहाँले बताउनु हुन्छ ।

सद्भावना पार्टीकै राजाराम पासवान जो पार्टीमा सचिव पदमा हुनुहुन्छ । उहाँका श्रीमतिले पनि शिक्षिका पेसामा हुनुहुन्छ । श्रीमति जागिरमा भएको कारणले राजनीतिक गर्न सहयोग मिलेको उहाँले बताउनुहुन्छ ।


तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालका श्रीमती विजयालाल कर्ण पनि शिक्षिका हुनुहुन्छ । मधेशको पोल्टिक्समा सक्रिय रहनु भएका लाललाई पनि श्रीमतीको कमाईबाट राजनीतिकमा सहयोग पुगिरहेको छ । हुन त घरायसी अवस्था पनि उहाँका राम्रै छ तैपनि श्रीमती जगिरे भएपछि लाललाई राजनीतिकमा सक्रिय भएर काम गर्न आर्थिक कारणले चिन्तित बन्नुपर्ने अवस्था छैन । उहाँकै पार्टीका सहप्रवक्ता कृष्णा सिहका श्रीमती इन्द्र लक्ष्मी सिह उच्च मावि बोर्डमा जागिरे हुनुहुन्छ ।


श्रीमतीको कमाईबाट राजनीतिकमा टिक्न सजिलो भएको अनुभव सुनाउँदै भन्नुभयो, नियमित आर्थिक स्रोत नभएपछि नेतालाई भ्रष्ट बनाउँछ ।, तमलोपाका युवा अध्यक्ष पनि रहनु भएका सहप्रवक्ता सिहले यस प्रकारको सल्लाह सबैलाई दिनुहुन्छ । उहाँले राजनीतिक गर्ने व्यक्तिका लागि नियमिति आर्थिक स्रोत अनिवार्य हुनुपर्छ वा पार्टीले व्यवस्था गरि दिनुपर्छ अनि मात्र सुशासनसहितको राजनीतिक गर्न सकिन्छ, भन्नुभयो ।

तराई मधेश सद्भावना पार्टीका केन्द्रीय सदस्य जेपी यादवले पनि आफूलाई राजनीतिकमा टिकाउनका लागि श्रीमती सुनिता यादवलाई जागिर खुवाउनु भएको छ । महिला बालबालिक विकास कार्यालय रोल्पामा जागिरे सुनिता यादव हाल सिचाई मन्त्रालयमा काजमा हुनुहुन्छ । यसअघि उहाँ शिक्षिका हुनुहुन्थ्यो । काठमाडौमा रहेर फुलटाइम राजनीतिक गरिरहनु भएका जेपी यादव पनि श्रीमतीको जागिरले टिक्नु भएको छ । उहाँ अहिले ढुक्क हुनुहुन्छ किनभने आर्थिक श्रोतको समस्या उहाँलाई छैन । उहाँ भन्नुहुन्छ, श्रीमतिको जागिर नभएको भए राजनीतिकमा टिक्न गाह्रो हुन्थ्यो ।


नेपाल सद्भावना पार्टीबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएका युवा नेता विक्की यादव पछि मधेशी जनअधिकार फोरम गणतान्त्रिकका युवा अध्यक्ष पनि बन्नुभएको थियो । त्यसपछि फोरम गणतान्त्रिकलाई छाडेर स्वतन्त्र रुपमा स्वभिमान मधेश समूह विचार समूह गठन गरी पोल्टिक्समा सक्रिय हुनुभएको थियो ।

अहिले स्वराज अभियानमा सक्रिय रुपमा लाग्नु भएका विक्की यादवले पनि राजनीतिमा टिक्नका लागि श्रीमती सविता यादवलाई जागिर खुवाउनु भएको छ । राजनीतिकमा लागेदेखि नै जागिरतिर कहिल्यै ध्यान गएन । फुलटाइम राजनीतिकमा समय व्यतित गर्ने उहाँ राजनीतिकमा सक्रिय रुपमा लाग्नका लागि आर्थिक श्रोतका लागि श्रीमती सविता यादवलाई गोरखापत्रमा जागिर लगाउनु भयो । अहिले उहाँलाई समस्या छैन । सक्रिय भएर राजनीतिकमा लाग्नु भएको छ ।

स्वराज अभियान गठन गरेर समाजिक तथा राजनीतिक सेवामा सक्रिय काशिन्द्र यादवले पनि आफ्नो श्रीमतीलाई एक आइएनजीयोमा जागिर लगाउनु भएको छ । काशिन्द्र यादवका श्रीमती पविता यादव हाल धादिङ्मा कार्यरत हुनुहुन्छ ।


काशिन्द्र यादवले जागिर नपाएको होइन, तर जागिर गर्ने मुड उहाँको कहिल्यै बनेन । अध्ययन गरेर मधेशका लागि केही गर्ने सोचका साथ समाजिक सेवामा लाग्नु भएका काशिन्द्र यादवले श्रीमतीलाई जागिर लगाएपछि यस क्षेत्रमा टिक्न सजिलो भएको छ । उहाँले भन्नुभयो, यो क्षेत्र नै यस्तो हो जहाँ खर्च मात्र हुन्छ, आम्दानी हुँदैन । खर्च अनुसारको आम्दानी भएन भने मानिसलाई भ्रष्ट बनाई दिन्छ । त्यसलै नियमित आय स्रोतका लागि श्रीमतीलाई जागिर लगाए ।’

सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहता पनि आफ्ना श्रीमतीलाई जागिर खुवाएर राजनीतिकमा जम्ने सोच बनाउनु भएको छ । अहिले पनि उहाँ सक्रिय राजनीतिकमै हुनुहुन्छ तर कहिले काही आर्थिक समस्या आइपरेको बताउनुहुन्छ उहाँले । राजनीतिक गर्नेहरुका लागि नियमिति आर्थिक श्रोत चाहिन्छ, त्यो नभए भ्रष्ट बनाई दिन्छ, उहाँले भन्नुभयो, मधेशवादी दलहरुमा होलटाइमर कार्यकर्ताका लागि व्यवस्था छैन, पार्टीले नै होलटाइमर कार्यकर्ता वा नेताका लागि आर्थिक श्रोतको व्यवस्था गर्दियो भने राम्रो नभए नेताले आफै कतै नकतै केही गर्नुपर्ने अवस्था आउन सक्छ ।’

नेताले कतै जागिर वा व्यापार गर्यो भने चाहेर पनि राजनीतिकमा राम्री समय दिन सक्दैनन, त्यही भएर आर्थिक श्रोत केही नकेही चाहिन्छ नै, उहाँले भन्नुयो, मेरो श्रीमती हाल अध्ययन गर्दै हुनुहुन्छ, अध्ययन सकेपछि जागिर लगाउने योजना त छ तर हेरौ के हुन्छ ।’ तमलोपाका अर्का नेता सुरेश मण्डल पनि राजनीतिकमा टिक्नका लागि आर्थिक श्रोतको महत्वपूर्ण आवश्यकता पर्ने गरेको बताउनु हुन्छ ।

जसको घरायसी अवस्था राम्रो छ, त्यसलाई केही दिनका लागि गाह्रो छैन तर सधैका लागि घरबाट पनि सपोर्ट नहुनसक्छ, उहाँले भन्नुभयो, आर्थिक अवस्था राम्रो नहुँदा नेताहरु भ्रष्ट भएको मैले कतिलाई देखेको छु, नेताहरुसँग पैसा माग्ने, सरुवा बढुवा गराएर पैसा खाने, सानो तिनो काममा कमिशन माग्ने जस्ता काम नेताहरुबाट भइरहेका हुन्छन्, त्यो उहाँको बाध्यता हो यदि नियमित आर्थिक स्रोत भयो भने ढुक्क भएर राजनीतिक गर्न सक्छ ।

हालसम्म आफ्नो घरबाट नै गर्जो टरेरको बताउँदै नेता मण्डलले भन्नुभयो, घरकै भरमा सधै बस्नु राम्रो पनि मानिदैन हाम्रो समाजमा, त्यसैले पार्टीमा होलटाइमरका लागि आर्थिक व्यवस्था गर्दिनुपर्छ ।’ उहाँले पनि श्रीमतीलाई जागिर खुवाउन तयारी गर्दै हुनुहुन्छ । मंसिर ९ गते विराटनगरमा उहाँले विहे गर्दै हुनुहुन्छ । विहेपछि भविष्यमा जागिर खुवाउने योजनामा उहाँ पनि हुनुहुन्छ ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले पनि आफ्ना श्रीमती डा. डिम्पल झालाई जागिर लगाउनु भएको थियो । आयुर्वेद विषय पढाएर नरदेवी आयुर्वेद अस्पतालमा जागिर पनि गर्नुभयो । राजनीतिकमा चासो राख्ने डा.डिम्पल झा समानुपातिक सांसद भएपछि जागिर छाडेर हाल राजनीतिकमा सक्रिय हुनुहुन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..