» » दसैंका लागि रुपैडिया नाकाबाट ६५ करोडका खसीबोका

बाँके, असोज २७ गते । दशैंका लागि रुपैडिया नाका हुँदै भारतबाट ५० हजारभन्दा बढी खसीबोका भित्रिएको छ ।
गत साउन यता मुस्लिमहरुको पर्व बकराइद र दसैंलाई लक्षित गरेर आधा लाखभन्दा बढी खसी बोका नेपाल भित्रिएको छ भने दसैंको बेला एकसाताभित्र मात्र पाँचहजारभन्दा बढी खसीबोका भित्रिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका प्रमुख शंकर पाण्डेले बताउनुभयो ।

साउन र भदौमा मात्र करिब ३५ हजार खसीबोका भित्रिएका पशु क्वारेन्टाइनले जनाएको छ । मुलुकमै नेपालगञ्ज नाकाबाट सबैभन्दा बढी खसीबोका भित्रिने गरेका छन् । भारतको बहराइच, नानपारा र झाँसीमा लाग्ने हाटबजारबाट बढी खसीबोका ल्याइएको व्यापारीहरुले बताउँछन् ।

सीमानामा रहेको पशु क्वारेन्टाइन कार्यालयका अनुसार, चालू आर्थिक वर्षमा ५० हजार सातसय ७८ खसीबोका आयात गरिएको छ । तीमध्ये साउनमा १५ हजार चारसय ४४, भदौमा १८ हजार आठसय ४४ खसीबोका भित्रिएका छन् । त्यसैगरी असोज महिनाको अहिलेसम्म १७ हजार बढी खसीबोका भित्रिसकेका छन् ।

भदौ र असोजमा अधिकांश दशैं लक्षित खसीबोका भित्रिएको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख शंकर पाण्डेले बताउनुभयो । खसीबोका आउने क्रम अष्टमीको दिनसम्म चलेको जानकारी दिँदै उहाँले अहिलेसम्म करिब ६५ करोड बढीको खसीबोका आयात भएको बताउनुभयो ।

बाँकेका बिभिन्न ग्रामीण क्षेत्रमा उत्पादन हुने खसीबोकाले यहाँको ९० प्रतिशत माग पूरा गरेको छ । भारतबाट आयात गरिने खसीबोका बाँँकेका लागि १० प्रतिशत मात्र आयात गरिने र अधिकांश खसीबोका काठमाण्डौं, पोखरा लगायतका सहरमा खपत पठाइने गरिएको छ ।

यसैबीच भारतबाट ल्याइने खसीबोकासँगै उनीहरूमा रहेको रोग भित्रिन नदिन क्वारेन्टाइन चेकपोस्टले नाकामा कडाइ गरेको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

दसैंका लागि भारतबाट ल्याइएका खसीबोकाबाट नेपाली पशुमा रोग नसरोस् भन्ने उद्देश्यले पशु क्वारेन्टाइन चेकपोस्टले खसीबोकाको स्वास्थ्य परीक्षणमा कडाइ गरेको थियो ।

भारतबाट ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको र अस्वस्थ खसीबोकाबाट अरू खसीबोका र बाख्रामा रोग सर्नसक्ने सम्भावनालाई मध्यनजर गरी स्वास्थ्य परीक्षणमा कडाइ गरिएको उहाँको भनाई छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..