» » लोकमान विरुद्ध एकजुट भए माओवादी र एमाले: आजै फर्के लोकमान

फोटो कान्तिपुरबाट

काठमाडौ कात्तिक ३ गते । नेकपा माओवादी केन्द्र र नकेपा एमालेले संयुक्त रुपले अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिह कार्की विरुद्ध उठे ।


ती दुवै दलका १५७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा आज साँझ पौने ५ बजे महाअभियोग प्रस्ताव दर्ता गराएको सभामुख ओन्सारी धर्तिमगरका प्रस सल्लाहकार बबिन शर्माले जानकारी गराउनुभयो ।


एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गर्नुभएको शर्माले जानकारी गराउनु भयो ।

माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेका छन् ।

आजै उहाँमाथि महाअभियोग दर्ता भएको छ भने आजै उहाँ फर्किनु भएको छ ।

सर्वोच्च अदालतको म्याद बुझ्नसमेत अस्वीकार गर्दै आएका कार्की क्यानडाबाट युएई हुँदै स्वदेश फर्किनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..