» » उपेन्द्र यादवले भन्नुभयो, सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्ला मात्र

काठमाडौं, कार्तिक १२ गते । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अवसर भएको भन्दै त्यतिवेलासम्म संविधान संशोधन नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ ।

राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गठबन्धनका अध्यक्ष यादवले मोर्चाले अहिले नै सरकारलाई कुनै अल्टिमेटम नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सरकारलाई अल्मिटेम दिएका छैनौं, प्रधानमन्त्री स्वंयमले नै संविधान संशोधनको लागि म्याद तोक्ने काम गर्नुभएको छ, हामीले तोकेका छैनौं, तर छठसम्म पनि उहाँले गर्नुभएन भने हामी गठबन्धनको बैठक बसेर यसबारेमा निर्णय गर्छौं ।’

अध्यक्ष यादवले प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर धेरैपटक मिति घोषणा गरेपनि अहिलेसम्म संशोधन प्रक्रिया नै अघि नबढाएकोले यसपटक भने छठ अन्तिम मिति होस् भन्ने कामना समेत गर्नुभयो ।
यादवले भन्नुभयो, ‘बकबक बोलेरमात्रै हुँदैन, उहाँले बोले बमोजिम छठ अब अन्तिम मिति होस्, यो राज्यले मौका नगुमाओस्, हामीले मुलुकलाई निकास दिनको लागि नै तीन बुँदे सम्झौता गरेका थियौं ।’

 उहाँले पछिल्लो समय संविधान संशोधन, महाअभियोगको प्रस्ताव, चुनाव लगायतका विषयहरु प्याकेजमै गर्नेबारे चर्चा भएको उल्लेख गर्दै यो प्रस्तावलाई मोर्चाले पहिल्यै नै अस्विकार गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो प्रस्ताव धेरै पूराना कुरा हो, यसलाई गठबन्धनले पहिले नै अस्विकार गरिसकेको छ ।

उहाँले मधेशी, आदिवासी, जनजाति, थारु, महिला, अल्पसंख्यक लगायतका अधिकार स्थापित गर्नका लागि संविधान संशोधन अनिवार्य भएकोले त्यतातिर सरकारले विलम्ब नगरीकन कामकारवाही अघि बढाउनुपर्ने बताउनुभयो । तर किस्तामा गर्ने कुरा हामीलाई स्विकार्य छैन, हामी मान्दैनौं, उहाँले भन्नुभयो ।

अब के गर्ने भन्ने कुरा सरकारको हातमा भएको उल्लेख गर्दै यादवले भन्नुभयोे, ‘मुलुकलाई निकास दिने कुरा अब सरकारको हातमा छ, हामीले त धैर्यता देखाईरहेका छौं ।’ उहाँले संविधान संशोधनको नाममा संशोधन हुने कुरा अब आफुहरुलाई मान्य नहुने समेत चेतावनी दिनुभयो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्लामा कुनै सत्यता नभएको उहाँको दावी थियो । ‘छठसम्म पनि संविधान संशोधन भएन र महाअभियोगको प्रस्ताव देखाएर ओझेलमा पार्ने काम भयो भने हामी आन्दोलनमा जान्छौं, तर त्यो भन्दा पहिले गठबन्धनको बैठक बस्छ, बैठकले नै निर्णय गर्छ ।’

उहाँले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव किन र के उद्देश्यको लागि ल्याईएको भन्ने कुरामा आफूहरु अहिलेसम्म नै अनभिज्ञ रहेको बताउनुभयो ।

यादवले विगतमा के सहमतिमा लोकमानलाई अख्तियार प्रमुख बनाईएको थियो भन्ने कारण पनि स्पष्ट रुपमा बाहिर आउनुपर्ने माग गर्नुभयो । तर उहाँले पछिल्लो समय मुलुक लोकमानमय बनेको देख्दा आफूलाई आश्चर्य लागेको बताउनुभयो ।

यादवले भन्नुभयो, ‘यत्रो झापा काण्ड गरेका र विद्रोह गरेकाहरु एउटा लोकमानसँग किन यसरी भयभित भएका हुन्, आतंकित भएको हुन, यो कुरा रहस्यमय छ ।’

उहाँले लोकमानबारे तथ्य बाहिर आएपछि मात्रै गठबन्धनले निर्णय गर्ने दाबी गर्नुभयो । यादवले आरोपकर्ता नै महाअभियोग सिफारिश समितिमा बसेकोले कसरी न्याय हुन्छ भन्दै प्रश्न समेत गर्नुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..