» » चोरी भएको महन्थ ठाकुरको ब्रिफकेश भेट्यो, ब्रिफकेसमा चिठी र दुईटा कलममात्र


भक्तपुर, असोज १६ गते । गत भदौ २४ गते शुक्रबार राति भक्तपुरको सानोठिमीस्थित तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरबाट चोरी भएको ब्रिफकेस प्रहरीले फेला पारेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिले आज काठमाडाँै महानगरपालिका वडा नं ३५ को काँडाघारीको झालमा फालेको अवस्थामा ब्रिफकेस फेला पारेको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

ब्रिफकेसमा तमलोपाको चिट्ठी र २ वटा कलम मात्र रहेको पाइएको उहाँले जानकारी दिनुभयो । यसअघि, प्रहरीले लूटमा संलग्न सर्लाही घर भई काठमाडौँ बस्ने २३ वर्षिय रञ्जित गुप्ता र महोत्तरी घर भई काठमाडौँ बस्ने परमानन्द भन्ने प्रचण्डप्रताप सिंहलाई पक्राउ गरिसकेको छ ।

घटनाका दिन राति ठाकुर निवासमा प्रवेश गरी उनीहरुले ठाकुरकी छोरी डा. मिनाक्षीलाई आक्रमण गरी घाइतेसमेत बनाएका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..