» » राजकिशोर यादवले भन्नुभयो, पाकिस्तान गलत हो भन्ने आट नेपालले गर्न सक्नुपर्छ,


काठमाडौ असोज १६ गते । मधेशी जअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सार्कबाट पाकिस्तानलाई हटाउनु पर्ने बताउनुभएको छ ।

अहिले भारत र पाकिस्तानबीच देखिएको द्धन्दमा भारतमाथि पाकिस्तानले आतंकवादी हमला गराएको ठहर गर्दै अध्यक्ष यादवले पाकिस्तानबाहेक सार्कको कल्पना गर्नुपर्ने बताउनु भएको छ । ।
पाकिस्तानले भारतमा मात्र होइन अफगानिस्तानमा पनि आतङवाद बढाउन मद्दत गरिरहेको दावी गर्दैै उहाँले भन्नुभयो, यो पछिल्ला गतिविधिहरु पकिस्तानबाट भारतमाथि भयो, भारतमाथि मात्र भएन असल छिमेकीमाथि पनि भयो, यो मानवता विरोधी कदम पाकिस्तानले रोक्नु पर्छ ।’
उहाँल अगाडि भन्नुभयो, आतकङवाद र मित्रता सँगसँगै जान सक्दैन, सार्क साउथ एसियका मूलुकहरु आपसमा दुई पक्षिय त्रिपक्षीय सहयोगहरु अगाडि बढाउनको लागि हो । एक अर्कोको दुःख–सुखमा साथ दिनको लागि बनेको हो ।’
पाकिस्तानले आतंकवादलाई बढ्वा दिएको दावी गदैै उहाँले  नेपाल पाकिस्तान विरोधी भन्दा पनि आतङकवाद विरोधी रहेको बताउनुभयो । सार्कबाट पाकिस्तानलाई अलग गर्न नेपालले नेतृत्व लिने पर्ने उल्लेख गर्दैै उहाँले नेपाल र भारतबीच ऐतहासिक सम्बन्ध रहेकाले पाकिस्तानले मान्छे मर्ने र नेपालले टुलुटुलु हेरर बस्न नसक्ने बताउनुभयो ।
भारतमा लागेको आगो हामीतिर सर्यो भने हामीलाई कसले साथ दिन्छ ? प्रश्न गर्दै उहाँले अहिले अरुको लागि बोलिदिएन भने आफूमाथि आइपर्यो भने कसले बोलिदिने, गतललाई गलत र सहीलाई सही भन्न सक्नुपर्ने बताउनुभयो । पाकिस्तान गलत हो भन्ने आट नेपालले गर्न सक्नु पर्ने बताउँदै उहाँले संयुक्त राष्टसंघ युएनले पनि यस विषयमा बोलेको स्पष्ट पार्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..