» » लोकमानविरुद्धको महाअभियोगमा मधेशी विद्यार्थी मोर्चाको आफ्नै अडान


काठमाडौ कात्तिक ७ गते । अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावको विषयमा मधेशी मोर्चा आवद्ध विद्यार्थी संगगठनले आफ्नो अडान कायम गरेको छ ।

महाअभियोग प्रस्ताव पारिता हुनुपर्छ भन्दै आन्दोलनमा उत्रेका विद्यार्थी संगठनहरुमा मधेशी मोर्चामा आवद्ध विद्यार्थीहरुले सविधान संशोधनको प्रस्ताव सँगसँग जानुपर्ने अडान राखेका छन् ।

मधेशी मोर्चामा आवद्ध विद्यार्थीहरुले महाअभियोगको प्रस्ताव दर्ता हुनुको साथै सविधान संशोधनको विधेयक पनि सँगसँगै दर्ता हुनुपर्ने अडान लिएको तराई लोकतान्त्रिक विद्यार्थी फ्रन्टका अध्यक्ष जेपी यादवले जानकारी गराउनुभयो । आफूहरु महाअभियोगको विपक्षमा होइन, वा लोकमानलाई बचाउने पक्षमा पनि होइन तर आफूहरुले उठाउँदै आएको सविधान संशोधनको प्रस्ताव पनि सँग सँगै लानु पर्ने अडान राखेको अध्यक्ष जेपी यादवले बताउनुभयो ।

आज ११ विद्यार्थी संगठनहरुको संयुक्त बैठकमा मोर्चामा आवद्ध विद्यार्थीहरु लोकमान विरुद्ध महाअभियोगको प्रस्ताव ल्याएर सविधान संशोधनको विषयलाई ओझेलमा पारेको दावी गर्दै सविधान संशोधनको प्रस्तावलाई पनि अगाडी बढाउन दलहरुलाई दवाव दिनुपर्ने बैठकमा प्रस्ताव राखेको छ ।

महाअभियोग प्रस्ताव पारित हुनुपर्छ भन्ने दवावका लागि भइरहेको आन्दोलनमा सविधान संशोधनको एजेण्डा पनि राख्नुपर्ने आफूहरुको अडान रहेको अध्यक्ष यादवले बताउनुभयो । सविधान संशोधनेको प्रस्तावलाई पनि एजेण्डा बनाएन भने आफूहरु आन्दोलनमा सरिक नहुने भनिसकेको उहाँले बताउनुभयो ।

मधेशी मोर्चाआवद्ध विद्यार्थीहरुको यो प्रस्तावप्रति अन्य विद्यार्थी संगठन सकारात्मक देखिएपनि एमाले निकट अनेरास्ववियुले नमानेको तराई मधेश विद्यार्थी फ्रन्टका सहमहासचिव उमेशकुमार यादवले बताउनुभयो ।


आजको बैठकमा मधेशी मोर्चा आवद्ध विद्यार्थीहरुको यस्तो प्रस्ताव आएपछि अनेरास्वियुका विद्यार्थीले सरकार विघटनको माग राखेको थियो । यो सरकार विघटन गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव पनि लगेपछि मात्र आफूहरु सविधान संशोधनको प्रस्तावमा सहमत हुने अनेरास्ववियुको विद्यार्थीहरुले राखेको सहमहामन्त्री यादवले बताउनुभयो ।

आज साँझ पनि बैठक बसेको थियो तर संगठनहरुको बीचमा कुरा मिलने । भोली पुनः बैठक बस्नेछ । दुवै प्रस्ताव सँगसँगै लैजाने कुरा भयो भने हामीसँग आन्दोलन गर्छौ नभए अलग भएर आन्दोलन गर्नेछौ, सहमहामन्त्री यादवले भन्नुभयो ।

महाअभियोगको पक्षमा मइतिघरमा दुई बजेदेखि हुने विद्यार्थीको प्रदर्शनमा मधेशी मोर्चा आवद्ध विद्यार्थीहरुले सहभागि भएन ।   

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..