» » धानबालीमा रोग लागेपछि किसान चिन्तित


सुनसरी, असोज २७ गते । सुनसरीका धान कृषकहरुले लगाएको धान बालीमा विभिन्न रोग लागेकपछि   स्थानीय कृषक समस्यामा परेका छन् ।

कृषकहरुले लगाएको स्थानीय र विकासे जातका धान बालीमा लागेको फौजी र गवारोका कारण अधिकाशं कृषकहरु चिन्तित बनेका हुन् ।

विगतको भन्दा ५ हजार हेक्टर क्षेत्रफल कममा सीमित भएको धान खेतीमा फैजी, डुग्रे, पातबेरुवा, व्लाष्ट, हिस्पा, मिलीवग, पतेरो, फड्के कीरा, सितव्लाष्ट, विएलवि लगायतका रोगको प्रकोप देखापरेकाले कृषकहरु चिन्तित बनेका हुन् ।

विभिन्न रोगको प्रकोप देखापरेकाले यहाँ खाद्य उत्पादनमा समेत असर पार्ने विज्ञहरुले बताएका छन् । कृषकहरु गुणस्तरीय बिउ नपाएको चिन्तामा डुबेको बेला लगाएको धानबालीमा विभिन्न रोगको प्रकोप देखा परेकाले थप चिन्तित बनेको भलुवाकी कृषक सुमित्रा चौधरीले गुनासो पोख्नुभयो ।

केहि स्थानमा सिंचाईको अभाव र केहि स्थानमा रोगको प्रकोप नियन्त्रण बाहिर रहेकाले यहाँ बढ्नुपर्ने उत्पादन घटने संकेत देखापरेको कृषि क्षेत्रका प्रशिक्षक राधे चौधरीले बताउनुभयो । सुनसरीमा प्रति हेक्टर ३ दशमलव ५ देखि ५ दशमवल ५ मेटिक टनसम्म उत्पादन हुदैं आएकोमा रोग कीराको प्रकोपले धानबालीमा असर पारेको कृषि कार्यालय सेवा केन्द्रहरुले जनाएका छन् ।

सुनसरीका कृषकहरुले अन्न बालीको पहिलो प्राथमिकतामा धानबालीलाई राखेको पाइन्छ । कृषकहरुलाई समस्या हुदाँ समेत जिल्ला कृषि विकास कार्यालय सुनसरीले स्थलगत अनुगमन नगरेको कृषकहरुको आरोप रहेको छ ।

यता जिल्ला कृषि विकास कार्यालय सुनसरीले भने कर्मचारी र जनशक्तिको अभावले स्थलगत अनुगमन गर्न नसेको तर कार्यालयमा आएकाहरुलाई सरसल्लाह दिएर पठाउने गरेको प्रतिकृया दिएको छ ।

सुनसरी जिल्लामा ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएकोमा यस वर्ष ३ हजार हेक्टर क्षेत्रफल प्लटिगं र २ हजार हेक्टर क्षेत्रफल घडेरी प्रयोग भएकाले ५० हजार हेक्टरमा धान खेती सिमित भएको कार्यालयले जनाएको छ ।

यसैबीच कृषकहरुले प्रयोग गर्ने किटनाशक औषधिका कारण तरकारीहरु थप विषादि बन्दै गएको कृषिका सरोकारवालाहरुले वताएका छन् । जिल्लामा उत्पादन हुने तरकारी वालीमा प्रयोग गरीने रासायनिक मल र किटनाशक औषधिले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी विषदि बन्दै गएको बताइएको छ ।

तरकारी बालीमा सवैभन्दा विषादि भाण्टा र लौका वन्दै गएको कृषिका विज्ञहरुले वताएका छन् । २ महिनामा उत्पादन हुने भाण्टालाई ३० देखि ४५ दिनमै उत्पादन गर्ने किटनाशक औषधिहरु प्रयोग गरेकाले भाण्टा तरकारी भन्दा विषादी उपभोग गरेको जस्तै भएको बताइएको छ ।

कृषि क्षेत्रका जानकारहरुका अनुसार भाण्टा र लौकामा पछिल्लो समय प्रयोग हुने आधुनिक किटनाशक औषधिले मानिसको आन्द्रा र मुटु तथा फोक्सोमा प्रत्यक्ष नकारात्मक असर पार्ने भएकाले वजारमा विक्री हुने भाण्टा खरिद नगरी आँफै उत्पादन गरेर खान उपयुक्त हुने भनेका छन् । भाण्टाले स्वास्थ्यमा सकारात्मक असर गर्नुपर्नेमा किटनाशक औषधिको प्रयोगले नकारात्मक असर गर्ने विज्ञहरुको अध्ययनले देखाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..