» » सुनसरीका थारु पत्रकारहरु संगठित

इनरुवा, कार्तिक ७ गते । सुनसरीका थारु पत्रकारहरु संगठित भएका छन् । थारु पत्रकारहरुको संस्था  थारु पत्रकार संघ सुनसरीको अध्यक्षमा कुलदिप चौधरी चयन हुनुभएकोे छ ।

थारु पत्रकार संघ जिल्ला कार्य समितिको अध्यक्षमा चौधरीको नेतृत्वमा ११ सदस्य समिचि चयन भएको हो ।

थारु कल्याणकारीणी सभाको सभाहलमा थारु पत्रकारहरुको भेला तथा केन्द्रिय उपाध्यक्ष प्रदिप लेखीको
उपस्थितिमा ११ सदस्य जिल्ला कार्य समिति सर्वसहमतीले चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा निषान प्रकृति चौधरी ,सचिबमा सुनिल चौधरी, सहसचिबमा एलएन गच्छदार र कोषाध्यक्षमा आरति चौधरी चयन भएका छन ।

त्यसैगरी कार्य समिति सद्सयहरुमा दिब्या श्रवण, गिता बिश्वास, सुरेन्द्र चौधरी, कमला चौधरी, ललिता चौधरी लगायतका रहेका छन् ।

समितिको सल्लाहाकारमा धिरेन्द्र चौधरी, तेजनारायण चौधरी, केसलिाल चौधरी र मनोज चौधरी रहेको समितिले जनाएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..