» » कर्मचारी भन्छन्, आयोगले मलाई फँसाएको हो


काठमाडौँ, असोज १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत हजारी यादवलाई आज पक्राउ गरेको छ ।
सेवाग्राहीबाट दुईलाख घुस रकम लिएको आरोपमा आयोगले उहाँलाई कार्यालयमै समातोको दावी गरेको छ तर प्रमुख यादवले आफूले कसैबाट कुनै घुस रकम नलिएको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो, मलाई जवर्जस्ती फँसाउने काम गरिरहेको छ ।

कार्यालयमा रहेको पुरानो दराजमा कहाँबाट त्यत्रो रकम आएको आफूलाई थाह नभएको भन्दै आयोगले बनाउने मुचुल्कामा समेत हस्ताक्षर गर्नुभएको छैन । पैसा राखिएको ब्याग पनि आफ्नो नरहेको बताउँदै प्रमुख यादवले कसैले आफूलाई फँसाउने षड्यन्त्रमा दराजभित्र पैसा राखि दिएको हुनुपर्छ भनि दावी गर्नुभयो ।

घुस लिने मान्छे त्यत्रो पैसा आफ्नै कार्यकक्षको दराजमा राख्नै सक्दैन, नापीका एक कर्मचारीले भन्नुभयो, यसरी कार्यालयमा कसैले घुस लिन सक्दैन, बाहिर बाहिर अर्कै तरिकाबाट घुस लिनसक्छ । पैसा राखेको प्रकृति हेर्दा फँसाएको हो भनि प्रष्ट हुन्छ ।

यसअघि पनि सो कार्यालयका एकजना कर्मचारी समातिदा अयोगले बनाएको मुचुल्कामा हस्ताक्षर गर्न भन्दा हजारी यादवले मान्नुभएको थिएन । सो कर्मचारी आफ्नो कार्यालयमा नसमातिएका कारण आफूले हस्ताक्षर नगर्ने भन्नुभएको थियो । स्रोत भन्छ, त्यही रिसका कारण आयोगले उहाँलाई फँसाएको हुनुपर्छ ।

जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख घुस रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट घुस रकमसहित आयोगले नियन्त्रणमा लिएको आयोगले विज्ञप्तिमार्फत दावी गरिएपनि त्यसलाई हजारी यादवले इन्कार गर्नुभएको छ ।

यसैगरी मालपोत कार्यालय सिराहाका कार्यालय प्रमुख ज्ञानराज लम्साललाई ४० हजार रुपियाँ घुससहित आजै नियन्त्रणमा लिइएको छ ।

कार्यालय प्रमुख लम्सालले नक्सा सुधार गरी क्षेत्रफल कायम गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ४० हजार रुपियाँ घुस लिँदै गर्दा कार्यकक्षबाटै आयोग टोलीले नियन्त्रणमा लिएको जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..