» » महाअभियोगको बारेमा गठबन्धन किन मौन ?

फाइल फाेटाे

काठमाडौँ कात्तिक १२ गते ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोगका बारेमा स्पष्ट पारिएपछि धारणा सार्वजनिक गर्ने भएको छ ।

सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा बिहीबार बसेको गठबन्धनको बैठकमा महाभियोगका बारेमा व्यापक छलफल भएको थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्र र एमालेले प्रमुख आयुक्त कार्कीमाथि महाअभियोग लगाउँदा आफूहरूसँग कुनै सल्लाह नगरेको पनि स्पष्ट गर्नुभयो ।

कार्कीमाथि महाभियोग लगाउँदा सरकारलाई समर्थन गरेका पक्षसँग कुनै सल्लाह नै नगरी, नियुक्ति किन गरिएको थियो र अहिलेको महाअभियोग के हो भन्नुहुँदै गठबन्धनका संयोजक यादवले भन्नुभयो, “त्यो स्पष्ट नभएकाले यी विषयका सन्दर्भमा स्पष्ट गरिएपछि मात्र सङ्घीय गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्नेछ ।”

साउन १९ गते प्रधानमन्त्री निर्वाचनको बेला काँग्रेस र माओवादी केन्द्रले सङ्घीय गठबन्धनसँग गरेको तीनबुँदे सम्झौता कार्यान्वयन गर्नुको सट्टा समस्यालाई अल्झाउने गरेको आरोप लगाउँदै अध्यक्ष यादवले तीन दलको क्रियाकलापप्रति आशङ्का उब्जिएको भन्दै विज्ञप्ति पनि जारी गर्नुभएको छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले कार्कीमाथि किन र के के आरोप लगाइएको छ, त्यो कुरामा स्पष्ट नभएसम्म समर्थन वा विरोध नहुने बताउनुभयो ।

आफूहरूले महाअभियोगका बारेमा सञ्चारमाध्यमबाट नै जानकारी पाएको भन्दै उहाँले सरकारको समर्थक पक्ष भएकाले महाभियोगका बारेमा स्पष्ट पर्ने कर्तव्य सरकारको रहेको बताउनुभयो ।

सरकारको साझेदारी दल काँग्रेसले पनि हालसम्म निर्णय गरेको छैन, यसैबाट स्पष्ट हुन्छ कि यो महाअभियोग कसरी आएको हो, उहाँले भन्नुभयो, “यी सबै विषयमा बिहीबारको बैठकमा कुरा उठेको हो । ”

यही अवस्थामा स्थानीय तह पुनःसंचरना आयोगद्वारा गरिएका काम कारबाही गठनबन्धनलाई कदापि स्वीकार नहुने गठबन्धनले निर्णय गरेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..