» » समयथान बहुमुखी क्याम्पसलाई विशेष सहयोग गर्ने संसदहरुको प्रतिबद्धता


सनिउल्ला धोबी
कपिलवस्तु असोज २५ गते ।  कपिलवस्तुका संसदहरुले समयथान बहुमुखी क्याम्पसको प्रगति र विकासको लागि संसद विकाश कोषबाट क्याम्पसलाई विशेष रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

क्षेत्र नं ४  सांसद सुरेन्द्रराज आचार्य, क्षेत्र न १ का संसद बलराम अधिकारी, समानुपातीक संसद डोर प्रसाद उपाध्याय, विश्राम प्रसाद चौधरीले सहयोग गर्ने बताउनु भएको छ । समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरको आयोजनामा  हिन्दुहरुको महान चाड बिजयादशमी, दिपावली तथा छठ पर्बको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रममा संसदहरुले समयथानलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

त्यस्र्तै  संबिधान कार्यान्वयनमा सहमतिबाटै अघि बढ्ने र विविधताको धर्म र संस्कृतिक रहेको देशमा चाडपर्वले सद्भाव र सहमति कायम होस् भन्ने भाव सहितको शुभकामना व्यक्त गर्नु भएको थियो ।

 कार्यक्रममा नेपाल काग्रेसका महासमिती सदस्य तथा समाजसेवी प्रेम बहादुर रायमाझीको अध्यक्षतामा, विशिष्ट अतिथिहरुमा क्षेत्र नं ४  सांसद सुरेन्द्रराज आचार्य , बलराम अधिकारी, समानुपातीक संसद डोर प्रसाद उपाध्याय, विश्राम प्रसाद चौधरी रहनु भएको थियो ।

अन्य अतिथिहरुमा नेपाली काँग्रेस जिल्ला सदस्य तथा समाजसेवी हुमाकन्त खनाल, हरि प्रसाद पोखेल, महिला नेतृ सन्तोषी पाण्डे, समाजसेवी भेषराज भुसाल पूर्व सांसद इलिहास मुसलमान उपस्थिति थियो । कार्यक्रममा क्याम्पसलाई जग्गा दान दिनु हुने समाजसेवी राजेश्वर सिंहलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा क्याम्पसको वस्तुगत अवस्था र प्रगति विवरण क्याम्पस प्राचार्य नामदेब खनालले राख्नु भएको थियो । स्वागत मन्तव्य प्रध्यापक नारायण प्रसाद पोख्रेलले गर्नु भएको थियो भने  सञ्चालन  प्राध्यापक दधिराम आचार्यले गर्नु भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..