» » हिन्दु र मुस्लिमले गरे संयुक्त नाटक


सांकेतिक फोटो
मनिष गुप्ता
कपिलवस्तु असोज २७ गते । कपिलवस्तुका हिन्दु र मुस्लीमहरुले यस बर्ष दशै र मोहरम सँगसँगै परेकोले समाजमा सद्भाव कायम होस भन्दै सांस्कृतीक कार्यक्रम नाटक मञ्चन गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका पिपरीमा हिन्दुहरुको महान पर्व विजय दशमी र मुस्लीमहरुको मोहरम पर्वको अवसारमा सास्ंकृती कार्यक्रम समाजिक नाटक प्रस्तुत गरेको हो ।

आफ्नो संस्कृती,कला, संरक्षण गर्नका लागि नौटंकी कार्यक्रमको अयोजना गरिएको छ ।

गएराति पिपरीका स्थानीयहरुको सक्रियतामा नाटक कार्यक्रमको अयोजना गरीएको हो । रातभरी अवधी भाषा, नेपाली भाषा, हिन्दी भाषा र भोजपुरी भाषाका भजन विराह, पुराण पुराणका गीतहरुरु गाउँदै मनोरन्जन गरिएको स्थानिय राज कुमार ठाकुरले बताउनुभयो ।

सबैमा आत्मीयताको अभावहोस भन्दै सांस्कृतीक कार्यक्रम नौटंकी अयोजना गरीएको पिपरीका असगार अलीले बताउनुभयो ।

 नौटंकी नाच कार्यक्रममा पुरुषहरुले महिलाको पहिरनमा सजिएर नृत्य गर्ने, पुराना गीत भजनहरु गाउने, जोकरको भुमिका निर्वाह गरेर सबैलाई हसाउने समेत गरिएको थियो ।

नौटंकी परापूर्वकालदेखि चल्दै आएको पराम्परा जर्गेन अहिले पिपरीवासी जुटेका छन ।

कपिलवस्तुको धर्मनगरमा रहेको जय श्रीराम संगित एवम् ड्रामा पाटीका कलाकरहरुले नौटंकीमा आफ्नो कला देखाएको जिमदार यादवले बताउनुभयो ।

्नौटकी कार्यक्रममा नगारा, ढोला, तासा, हार्मोनियम लगायतका बाजाका बजाइन्छ । सो नौटकी कार्यक्रमका नेपालका नेताहरुको हस्याव्याङय मर्फत देश विकासमा होमिन आग्रह गरेको रुद्रपुरका विस्मील्ल्लाह मुसालमानले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..