» » लोक बहादुर बुढा २ वर्षपछि पक्राउ,

 
कपिलबस्तु कर्तिक १ गते । हातहाथियार तथा खरखाजाना मुुद्धाका एक जना फरार अभियुक्तलाई २ बर्ष पछि पक्राउ परेको छ ।

२०७१ साउन १९ गते देखि फरार रहेका दाङ जिल्लाका ३३ बर्षीय लोक बहादुर बुढालाई उनकै घरबाट पक्राउ गरिएको वडा प्रहरी कार्यलाय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।

चन्द्रौटामा रहेको प्युठानी होटलमा छापा मार्ने क्रममा लोकबहादुर बुढा र बसन्त घतीलाई आत्याधुनिक एक थान पेस्ताल र दुई राउन्ड गोली सहित घतीलाई पक्राउ परेका थिए ।

तर बुढा होटलको छतबाट हाम्फालेर भागेका थिए । बुढा दाङ प्रहरीको सहयोगमा पक्राउ परेका हुन् ।

बुढामाथि हातहातियार तथा खरखाजाना मुुद्धा रहेकोले विशेष सुराकीको आधारमा पक्राउ गर्न सफल भएको र बुढामाथि जिल्ला अदालतले ४ बर्ष कैद सजाय सुनाएको वडा प्रहरी कार्यलाय चन्द्रौटाले जनएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..