» » पत्रकारको भाइमाथि छुरा प्रहार


सिरहा असोज २३ गते । सिरहाका पत्रकार बद्री नारायण यादवका भाइ संजयकुमार यादवमाथि आज संघातिक हमला भएको छ ।

किसनपुरबाट सन्हैठाको बाइसीपोखरीमा मेला हेर्न गइरहेको बेला पाँच सातजनाको समूहमा आएका केटाहरुले सञ्जयमाथि अन्धाधुन छुरा प्रहार गरेको पत्रकार बद्रीनारायण यादवले बताउनु भयो ।

ती केटाहरु किसनपुर गाउँकै रहेका छन् तर सबैको पहिचान गर्न नसकेको बताउँदै उहाँले सञ्जयको उपचार सिरहा अस्पतालमा भइरहेको छ ।

यो घटना साँझ सात बजेको हो, त्यसअघि पाँच वजे उनीहरुको बीचमा समान्य भनाभन भएको बताइएको छ । झगडाको कारण मोटरसाइकल रहेको जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..